परासी, ५ भदाै । मिटर ब्याजी सम्बन्धीत जिल्ला प्रशासन कार्याल्यमा छलफल भएको तथ्यांक सार्वजनिक गर्न नेपाल समाजवादी युवा संघ नवलपरासीले माग गरेको छ । आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै मिटर ब्याजी सम्बन्धित कार्यालयमा छलफल भएको, मिलापत्र भएको र जिल्लामा कुल उजुरी परेको तथ्यांक जनतामा सार्वजनिक गर्न माग ज्ञापन पत्र मार्फत माग गरिएको हो ।

नेपाल समाजवादी युवा संघ नवलपरासी अध्यक्ष दिपक सिंह कुर्मीको हस्ताक्षरित ज्ञापन पत्रमा जिल्लामा मिटर ब्याज पिडितको संख्या, उजुरी माथि छलफल भएको संख्या, मेलमिलापबाट सामाधान भएको र अझै सामाधान हुन बाकी रहेको तथ्यांक जनतामा सार्वजनिक गरि प्रशासन माथि जनस्तरमा उठिरहेको शंका उपशंका मेटिन उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ । मिटर ब्याज र पिडितहरुको समस्या समाधान गर्न दुबै पक्षलाई प्रशासन कार्यालयमा झिकाई छलफल र मेलमिलापको माध्यबाट समस्या सामाधान गर्न पहल भैरहेको अवस्थामा उक्त तथ्यांकहरु जनताहरुले थाहा पाउनु पर्ने माग राख्दै संघका जिल्ला अध्यक्ष दिप सिंह कुर्मीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको बताउनु भयो ।