परासी, ५ भदौं । पश्चिम नवलपरासीमा बढदो लम्फी स्कीन रोगको संक्रमण रोक्न पशुसेवा विज्ञकेन्द्र सफल हुदै गएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र पश्चिम नवलपरासीले समयमै उपचार र खोपका कार्यक्रम संचालन गरेपछि उक्त रोगको संक्रमण न्युनिकरणमा सफल हुदै गएको हो । विज्ञकेन्दको प्रयास र किसानहरुको सचेतनाका कारणमा जिल्लामा लम्फी रोगको प्रकोप खासै बढन पाएन । गाई भंैसीमा लाग्ने लम्फी रोगको संक्रमण न्युनिकरणका लागि पशुसेवा विज्ञकेन्द्रले किसानमा समयमै सुचना प्रवाह गरेको र प्राविधिक परामर्श गर्दै संक्रमित पशुहरुको समयमै उपचार गर्दै खोप अभियान चलाएपछि सो रोगको संक्रमण न्युनिकरणमा सफल हुदै गएकोे विज्ञकेन्द्रका कार्यालय प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीले जानकारी दिनु भयो ।
उहाँका अनुसार जिल्लामा कुल ७७५ वटा गाईगोरु, भैंसी यस रोगबाट संक्रमित भएको र ति सबै संक्रमित पशुहरुको समयमै उपचार सेवा प्रदान गरिएकाले पशुहरुको मृत्यु दर घटाउन सफल भइएको बताउनु भयो । लुम्बिनी प्रदेशमै ७ हजार गाईभंैसीहरु उक्त लम्फी रोगबाट मृत्यु भएको तथ्यांक रहेपनि पश्चिम नवलपरासीमा जम्मा ३६ वटा गाईभंैसीको मृत्यु भएको पशुसेवा विज्ञकेन्द्र प्रमुख चौधरीले बताउनु भयो । प्रदेशको तथ्यांक हेर्दा यस जिल्लामा पनि ४/५ सय पशु मर्न पर्ने हो तर संक्रमित गाईभंैसीहरुको समयमै उपचार गरिएको र खोप लगाएकाले मृत्यु दर घटाउन सकिएको उहाँको भनाई छ । लम्फीबाट अरु जिल्लामा ठुलै क्षति भएपनि हामीले समयमै उपचार र खोप लगाएको ठुलो क्षतिबाट बच्न सफल भइएको प्रमुख चौधरीले जानकारी दिनु भयो ।
त्यसैगरि जिलामा कुल ४३ सय बढि गाईभंैसीमा लम्फी रोग विरुद्धको खोप लगाइ सकिएको र मागको आधारमा प्राविधकहरु खटाई खोप र उपचार सेवा प्रदान गरिदै आइएको कार्यालयका सुचना अधिकारी सुचना प्रसाद मिश्रले जानकारी दिनु भयो । सुचना अधिकारी मिश्रका अनुसार जिल्लामा कुल संक्रमित गाईभंैसी मध्ये सुनवलमा १४६, बर्दघाटमा १५०, रामग्राममा १९०, पाल्हीनन्दनमा ४७, सरावलमा ३३, प्रतापपुरमा १४८ र सुस्तामा ६१ वटा रहेका छन् । यस रोगको न्युनिकरणमा पालिकाका पशु शाखा र प्राविधिकहरुको पनि सहयोग रहेको छ । त्यस्तै यहाँका पशुपालक किसानहरुले यस रोगको बारेमा राम्रोसंग जानकारी पाएको र संक्रमित पशुलाई अरु पशुबाट छुटयाई राखेकाले यो रोग यस जिल्लामा खासै बढन नपाएको सुचना अधिकारी मिश्रले बताउनु भयो । जिल्ला लम्फीको संक्रमण निकै घटदै गएको छ ।