परासी, २ भदौ । बाढीले त्रसित गण्डक कमाण्ड क्षेत्रका बासिन्दाहरुलाई बाढीको त्रासबाट मुक्ति मिल्ने गरि बिग्याप बाँधमा पुर्वाधारको कार्य भैरहेको छ । भारतीय सरकारले बि ग्याब बाँधको उचाई र चौडाई बढाउदै बाँधलाई बलियो बनाउने कार्य अगाडी बढाएपछि स्थानियमा त्रास घटदै गएको छ। नेपाल भारतको गण्डक सम्झौता र गण्डक नदी नियन्त्रण संघर्ष समितिको संघर्षले भारतीय पक्षले उक्त बि ग्याप बाँधको उचाई १.५ मिटर र चौडाई दुई मिटर बनाउने कार्य गरिरहेको छ भने नरायणी नदीमा पानीको बहाव चिर्न र रोक्न उक्त बाँधको ठाउँठाउँमा ठोकरहरु निर्माण कार्य गरिरहेको पाइएको छ ।
वि.सं. २०५० सालदेखि २०६४ सालसम्म लागातार १४ बर्ष गण्डक कमाण्ड क्षेत्रमा आएको ठुलो बाढीले साविकको १३ गाविस पुर्ण डुबानमा परि ठुलै क्षति व्यवहोरेका स्थानिय जनताहरुलाई त्यहि डरत्रासले सताई रहन्छ तर बाँधको हाईट बढाउने ठाउँठाउँमा ठोकरहरु बनाई बाँध बलियो बनाउने कार्यले त्रासबाट छिटै मुक्ति मिल्नै स्थानियको आश छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित नारायणी नदीमा बर्षेनी आउने ठुलो बाढीले बाँध भत्काउने डर, एकातिर अर्काे बाँधको हाईट कम भएकाले बाढी ओभरफलो भई गाउँमा पस्ने डर रहदै आएपनि अब यस कार्यले त्यो डरत्रासबाट हामी मुक्ति पाउने अवस्था आईरहेको स्थानिय लख्खु यादवले बताउनु भयो । उहाँका अनुसार अहिले बि ग्याप बाँधको उचाई र चौडाई गर्न भारतीय पक्षले बेस बनाउने र नदीमा ठोकरहरु बनाउन कार्य गरिहेको छ । थप कार्यहरु आगामी बर्षबाट शुरु हुने जानकारी पाइएकोब बताउनु भयो ।
नेपाल भारत २१ बुँदे सम्झौता अनुसार भारतीय पक्षद्धारा भत्किएको अवस्थामा रहेको गण्डक बाँध अन्तरगत ए ग्याप बाँध, बि ग्याप बाँध, नेपाल बाँध, लिँक बाँधहरुको मर्मत गर्ने र भारतिय मुख्य पश्चिमी नहरको सर्भिस रोड पिच गर्ने काम गर्दै आएको छ । गण्डक क्षेत्रमा झण्डै ७६ किलोमिटरको चक्रपथ नै बनाइएको छ । बाढी नियन्त्रणका लागि बर्षेनी भारतीय पक्षले बर्षेनी करोडौ रुपिया हाली गण्डक बाँधको बिग्याप बाँधलाई बलियो नदीको तटमा सिसि ब्लाक ढलान गर्ने, भत्किएका विभिन्न स्परहरु मर्मत गर्ने र नयाँ नयाँ नोज ठोकरहरु बनाउने, बेसहरु बनाउने कार्य नियरन्तर चल्दै आएको छ । पानीको बहावलाई नियन्त्रण गर्नका लागि हजारौको संख्यामा नदी भित्र परक्युपाइन राखिएका छन् । ब्लकहरुले पानी नियन्त्रण गर्ने कार्य भई रहेको छ । तर बाँधको हाईट कम र कमजोर रहेकाले स्थानियमा बाढीको त्रास रहदै आएको छ ।
वि.स. २०५० सालदेखि २०६४ सालसम्म लागातार १४ बर्ष गण्डक कमाण्ड क्षेत्रमा आएको ठुलो बाढीले साविकको १३ गाविस पुर्ण डुबानमा परि २ अरब ९३ करोड ६० लाख ९३ हजार ८३ रुपैया बराबर धनको क्षति भएको थियो । उक्त नारायणी नदीको आएको बिशाल बाढीले बाँध फोडी गण्डक कमाण्ड क्षेत्रका ८ हजार ४ सय ६४ घरधुरीलाई क्षति पुरयाउदै करिब ५० हजार जनसंख्यालाई पिडित बनाएको थियो । लगातार १४ बर्षसम्म नदीमा आएको विषढ बाढीले जिल्लाको गण्डक कमाण्ड क्षेत्रका साविक गाविसहरु त्रिवेणि, सुस्ता, रुपौलिया, कुडिया, नर्सही, पक्लिहवा, गुठिपर्साैनी, बैदौली, ठुलो खैरटवा, भुजहवा, सोमनी, जमुनिया र प्रतापपुर लगायत १३ वटै गाविसहरु पुर्ण डुबानमा परि अर्बाैको धनजनको क्षति भएको थियो । त्यहि डर अहिलेपनि हामी स्थानियमा रहेको स्थानिय हनिफ मिँया बताउनु हुन्छ । उहाँले पछिल्लो समयदेखि भारतिय पक्षले गण्डक क्षेत्रमा सहमति अनुसारको काम गर्न थालेपछि अहिले गण्डक क्षेत्रमा उपलब्धीहरु देखिन थालेको र डरत्रास मेटिदै गएको बताउनु भयो ।
नेपाल भारत सरकार बिच २०१६ सालमा भएको २१ बुंदे गण्डक सम्झौतामा यस गण्डक कमाण्ड क्षेत्रमा यातायात, विद्युत, खानेपानी, सिंचाई, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास गर्ने र बाढीले हुने क्षतिको क्षतिपूर्ति समेत भारत सरकारले व्यहोर्ने र्दुइ पक्षिय सहमति भएको थियो । त्यसै सहमति अनुसार गण्डक कमाण्ड क्षेत्रमा यि कामहरु भैरहेको देख्न पाईन्छ । बि ग्याप बाँधको काम गुणस्तर र स्टिमेट अनुसार भएको नभएको हेर्न जिल्ला समन्वय समिति र सुस्ता गाउँपालिकाको संयुक्त अनुगमन पनि भएको छ ।