परासी, २७ भदौ । यहि भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसर पारि पुर्वी नवलपरासीको देवचुली नगरपालिका देशको दोश्रो बालमैत्री नगरपालिका घोष्णा हुन लागेको छ ।
नवलपुर क्षेत्रमा पर्ने देवचुली नगरपालिकाले बालमैत्रीका सुबै सुचकहरु पार गरि देशको दोश्रो र गण्डकी प्रदेशकै पहिलो बाल मैत्रीनगर स्थानिय शासन घोषणा हुन लागेको छ ।
देवचुली नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि बालमैत्री नगरको घोषणा बारे जानकारी गराएको छ । बाल बचाउ, बालसंरक्षण, बालविकास र बाल सहभागिता अन्तरगत ३९ सुचकहरु निर्धारण गरि सेकेको हुदा अब नगरलाई बाल मैत्री नगर घोषणा तर्फ लागेको नगर प्रमुख एवम बालमैत्री स्थानीय शासन नगर समितिका अध्यक्ष पुर्णकुमार श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार ३९ सुचक बाहेकका नगरपालिकाले थप सुचकहरु निर्धारण गरि ४३ वटा सुचक निर्धाण पश्चात नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्न लागिएको बताए ।
यस अधि साविकको प्रगतिनगर गाविस अन्तरगतका ५ वटा वडाहरुले सम्पुर्ण सुचक पार गरि २०७० साल पौष ९ गते नेपालकै पहिलो बालमैत्री नगरपालका घोषणा गरेको थियो ।
भदौँ २९ गते एक भव्य कार्यक्रमको आयोजना गरि नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीद्धारा बालमैत्री नगर घोषण गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यस अगाबै पश्चिम नवलपरासीको सुनवल नगरपालिका देशकै पहिलो बालमैत्री स्थानिय तह घोषणा भईसकेको छ ।