परासी, २६ साउन । निकै आशाबादी रहेका सुस्ताबासी यसबर्षपनि झेलुङ्गे पुल चढन पाएनन् । ठेकदार कम्पनीले यसबर्षको बर्षामा सुस्ताबासीहरु झेलुङ्गे पुल चढेर आवतजावत गर्न पाउने भनि आश्वासन दिएपनि काम सम्पन्न हुन सकेन जसकारण यसबर्षपनि जोखिमपुर्ण यात्रा नै गर्न सुस्ताबासी बाध्य छन् । यसबर्ष पुलको काम नसकेपनि आगामी बर्षामा सुस्ताबासीले पुल चढन पाउने गरि काम भैरहेको र पुल तयार हुने ठेकदार कम्पनीले आश्वासन दिएको छ ।
२०७२ सालमा सिलन्यास भई निर्माण भैरहेको सुस्ताको झोलुंगे ठेकदार कम्पनीको चरम लापरवाहीका कारण ८ बर्षमा पनि सम्पन्न हुन सकेको छैन । पुल नबनेका कारण बर्षाको समयमा भारतीय यातनाका बिचपनि भारती बाटोनै प्रयोग गर्न बाध्यात्मक अवस्था छ । बर्षाको समयमा, गर्भवति महिला, विरामीलाई उपचार गराउन नेपाल नसकेर बाध्य भई भारतको विहार पुग्नु पर्ने बाध्यता छ नदीमा बाढिले विद्यार्थीहरु उच्च शिक्षा अध्ययन गर्न नदी पारी जान, स्थानियलाई दैनिकि हाटबजार गर्न पारी जान निकै कठिनाई हुने सुस्ता बचाउन अभियानका प्रवक्ता रबिन्द्र जयसवालले दुखेसो पोख्नु भयो । नारायणी नदी (गण्डक) ले घेरिएको सुस्ता भुमीबाट आफनै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन जोखिमपुर्ण डुङ्गाा यात्रा गर्नु पर्ने बाध्यता सुस्ताबासीको रहेको जयसवाल बताउनु हुन्छ ।
नारायणी नदी पारी भारतको विहारसंग जोडिएको सुस्ताभुमी जिल्लाको सुस्ता गाउँपालिका वडा ५ को एक गाउँ हो । उक्त गाउँलाई वडा कार्यालाय, गाउँपालिका कार्यालय र सदरमुकाम संग जोडने गरि सरकारले ८ वर्ष अगाडी २०७२ सालमा झोलुङ्गे पुलको आयोजना दिएपनि ठेकेदारको चरम लापरवाहीले उक्त पुल निर्माण हुन सकेको छैन । वर्षाैंदेखि भारतीय यातना खेप्दै र जोखिम पुर्ण डुङ्गाबाट यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवाँ गाउँ जोडन एसियाकै दोश्रो ठुलो झोलुङ्गे पुलको आयोजना दिएको थियो ।
त्रिसुली आश्रय जे.भी ठेकदार कम्पनीले २०७४ सालमा (२९ महिनामा) सम्पन्न गर्ने गरि २९ करोड ४० लाख, ७२ हजार ९६५ रुपैयामा उक्त ठेक्का लिएको छ । उक्त पुलको १ हजार ५ सय ७१ मिटर लम्बाई र डेढ (१.६) मिटर चौडाई रहेको छ । पटक पटक म्याद थप गराई रहेका ठेकदार कम्पनीले गत असार २४ गतेसम्म पाएपनि यसबर्ष पनि पुल सम्पन्न गरेर दिन सकेन । पुल सम्पन्न गर्न पुलको जगका लागि कुल २ सय २० वटा पाईल धाँसि पाईलिङ्गमा ४ वटा ठुलो अग्लो टावर पिलर ठढयाईने छ भने १० वटा सानो पिलडमा फलामे टावर पिलर ठडयाई झेलुङ्गे पुल बाँधिने कार्य हुनेछ ।
२ बर्षमा सन्पन्न गर्नु पर्ने उक्त योजना ठेकेदार कम्पनीले कहिले लेबर अभाव त कहिले पानीको उच्च बहाव र सरसमान नपाएको बहाना देखाउदै काममा ढिलाई सुस्ती गर्दै आएको छ । अहिलेसम्म पुलको पिलडर र टावर ढडयाइएको र तार तान्ने काम भैरहेको छ । यति काम कुल कामको ८० प्रतिशत रहेको र आउदो बर्षामा सुस्ताबासी पुल चढन पाउने गरि ठेकदारले काम गरिरहेको सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय बताउनु हुन्छ ।
सुस्ता पुग्न एकमात्र नेपाली बाटो जोखिमपुर्ण डुङ्गा यात्रा हो । सुस्ताभुमी पुग्न नदीमा करिब २ किलोमिटर दुरी डुङ्गाले यात्रा तय गर्नु पर्दछ । उक्त यात्रा अहिले मोटरबोट भएकाले सहज भएपनि जोखिमपुर्ण नै रहेको छ । नदी वारपार गर्न बाढीको समयमा १ घण्टा र सुख्खा समयमा आधा घण्टा बढि समय लाग्ने गर्दछ । वर्षाको बेला नदीमा उच्च बाढीका कारण नदीमा डुङ्गा चलाईदैन त्यसबेला भारतको बैकल्पिक विहार बाटो हुदै आवत जावत गर्ने र भारतीय पक्षको दुव्र्यहार सहनु पर्ने सुस्ताबासीको बाध्यता रहन्छ । सुस्ताबासीहरुको मुख्य पेशा खेती र माछा मार्ने हो । ३ सय घरधुरी रहेको सुस्तामा खासगरि विपन्न परिवारका समुदायहरुको बसोबास बढि छ ।