प्रतापपुरमा विद्यार्थी र प्रहरी बिच झडप

0
171

परासी, २५ साउन । नवलपरासीको प्रतापपुर गाउँपालिका ९ बेलाटारीमा स्थित त्रिभुवन क्याम्पसका विद्यार्थी र प्रहरी बिच झडप भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु प्रतापपुर गाउँपालिका घेरी पालिका कार्यालयमा तालाबन्दी गर्न खोज्दा झडप भएको हो । क्याम्पसले क्युएए प्राप्तीमा प्रतापपुर गाउँपालिका नै मुख्य बाधक भैरहेको आरोप लगाउदै विद्यार्थीहरु प्रतापपुर गाउँपालिका घेर्दै ढुंगामुढा गरि पालिका अगाडी पार्किंग गरिएको बाईक र चारपांग्रे सवारीसाधानमा समेत तोडफोड गर्न थालेपछि प्रहरी र ति आन्दोलनरत विद्यार्थीबिच झडप भएको हो । झडपमा प्रहरीले भिड तितरबित पार्न ५ राउण्ड आश्रु ग्यास प्रहार गरेको छ ।

झडपमा प्रहरी तर्फबाट ७ जना र क्याम्पसका विद्यार्थीहरु मध्ये ८ जना बढि घाईते भई स्थानिय स्वास्थ्य संस्थाहरुमा उपचार गराई रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । केहि दिन अगाडी देखि नै एउटै हाताभित्र संचालनमा रहेको त्रिभुवन क्याम्पस र त्रिभुवन नमुमा मावि बिच कक्षा कोठाका लागि विवाद हुदै आएको थियो । क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट क्युएए प्राप्तीका लागि सो मापदण्डमा काम गरिरहेका बेला त्रिभुवन नमुना माविले कक्षा ११ र १२ का विद्यार्थीहरुलाई कक्षा कोठा अपुग भएको भन्दै पठनपाठनका लागि क्याम्पस संग कक्षा कोठा माग गर्दा क्याम्पसले दिन इनकार गरेपछि यो विवाद गाउँपालिकामा पुगेको थियो । विद्यालय प्रशासनले कक्षा कोठा अपुग भएको भन्दै दिउँसो सञ्चालन हुने कक्षा ११ र १२ को पढाइका लागि कोठा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गर्दै आएकोमा क्याम्पस प्रशासनले भने क्याम्पस क्युएए प्राप्त गर्ने प्रक्रियामा रहेकाले त्रिभुवन विश्वविद्यालयको मापदण्डअनुसार कक्षा कोठा उपलब्ध गराउन नसकिने जनाएपछि यो विवाद चर्किदै गएको क्याम्पस व्यवस्थापन समतिकिा अध्यक्ष अमुल पाण्डेले जानकारी दिनु भयो ।

कक्षा कोठा उपलब्ध नगराएको भन्दै प्रतापपुर गाउँपालिकाका नगर प्रहरीसहितका केही जनप्रतिनिधि पुगेर बुधबार क्याम्पस मुल गेटको ताला फोडेर कक्षा कोठा व्यवस्थापनमा जुटेपछि क्याम्पसका आक्रोशित विद्यार्थी बिहीबार गाउँपालिका घेराउ गर्न पुगेका थिए । पालिका घेराउ गर्न पुगेका सय बढि विद्यार्थीहरु पालिकामा ढुंगामुढा गरि बाईक र चारपांग्रे सवारीमा तोडफोड गर्न थालेपछि प्रहरीले भिड तितरबितर गर्न ५ राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
६७८ विद्यार्थी अध्ययनरत क्याम्पसमा २० वटा कोठा रहेको छ । उक्त क्याम्पस भारतीय दुतावासको सहयोगमा निर्माण भएको हो । दुई छुट्टाछुट्टै भवन रहेको विद्यालय र क्याम्पस एउटै परिसरमा सञ्चालनमा छ । राजनीतिक पूर्वाग्राहीका कारण विद्यार्थी उचालेर गाउँपालिका घेर्न पठाएको अध्यक्ष यादवको आरोप छ । गाउँपालिकामा ताला लगाउन पुगेका विद्यार्थीलाई रोक्दा ढुंगा प्रहार हुन थालेपछि स्थिति नियन्त्रण लिन ५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए । उनले भने, अहिल घटना स्थलको अवस्था सामान्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here