आँखा पाक्ने रोग र लम्फी स्कीन रोग प्रति गम्भीर बन्न जिसस र प्रशासन कार्यालयलाई नागरिक समाजको ध्यानाकर्षण

0
70

परासी, २४ साउन । मान्छेको आँखा पाक्ने रोग र गाईभैसीमा लाग्ने लम्फी स्कीन रोगको संक्रमण बढदै गाएपछि नागरिक समाजले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको छ । आँखा पाक्ने रोगको बढदो संक्रमणले जिल्लामा ठुलो माहामारीको रुप लिन नदिन समयमै स्थानिय तहहरुबाट त्यसको न्युनिकरण र प्रभावकारी उपचारमा ध्यान दिन आज जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यावदलाई नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवारले ज्ञापन पत्र बुझाउदै समन्वय समिति मार्पmत स्थानिय तहहरुको पनि ध्यानाकर्षण गराएका हुन् । यस रोगको संक्रमण लागेको व्यक्तिहरुलाई समयमै प्रभावकारी उपचार र औषधी वितरण गर्न र स्थानिय जनमानसहरुमा यस रोगको संक्रमण र बचाव बारे जनचेतना मुलक सुचना तथा कार्यक्रमहरु ल्याउन उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवारले जानकारी दिनु भयो ।

त्यस्तै गाईभंैसीहरुमा लाग्ने लम्फी स्कीन रोगको संक्रमण न्युनिकरणमा पनि स्थानिय तहहरुको भुमिका प्रभावकारी नदिएकाले थुपै्र गाईभंैसीहरु मर्दा पशुपालक किसानलाई ठुलो क्षति भैरहेकाले यस तर्फपनि पालिकाहरु जागरुक हुन यसै ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराइएको छ । ति दुबै राेगकाे न्युनिकरणका लागि यता जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री र प्रधानमन्त्रीलाइ समेत ध्यानाकर्षण गराएकाे हाे । ज्ञापन पत्र बुझाउन नागरिक समाज अध्यक्ष राधेश्याम सिँह सैथवार, उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेश गुप्त, नेपाल लेखापढि तथा कानुन व्यवासयी एसोसिएशनका कन्द्रिय सदस्य अर्जुन क्षेत्री, उपभोक्ता हित संरक्षण मन्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली, नवलपरासी चेम्बर अफ कमर्शका उपाध्यष रामच्रद्र भण्डारी, परासी प्रेस क्लबका अध्यक्ष बेचु गौड, मानवअधिकारका लागि महिला, एकल महिला समुहका अध्यक्ष विष्णु थापा, पत्रकार राज चाधरी, पत्रकार गौरी शंकरको टोली रहेको थियो । यहि ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयलाइ प्रमुख जिल्ला अधिकारी मार्फत बुझाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here