सरावलमा थारु तथा मधेशी साँस्कृतिक पार्कको सम्भाब्यता अध्ययन हुदै

0
20

परासी,२३ साउन । जिल्लाको सरावल गाउपालिकाले वार्ड नं. ४ ललितपुर र मंगलापुर गाँउ नजिकै मधेश सांस्कृतिक पार्कको सम्भाब्यता शुरु गरेको छ । गाउपालिको वार्ड २ मनरीमा थारु साँस्कृतिक पार्क बनाउने योजना अगाडी सार्दा गाउपालिका अध्यक्ष थारु भएर थारुलाई महत्व दिइने गरेको भन्दै प्रतिकृया आउन थाले पछि मधेश साँस्कृतिक पार्कको पनि योजना अगाडी सारेको हो । थारु मधेशी बाहुल्य रहेको उतm गाउपालिकामा दुबै प्रकारको साँस्कृति पार्क एक पटक शुर गरिने गाउपालिका अध्यक्ष शुखाडी चौधरीले बताए । पहिला थारु साँस्कृतिक पार्कको योजना बनाउन अध्ययन शुर गरे पश्चात मधेशी समुदायको समेत गाउपालिका सबैको भनेर प्रतिकृया आयो,उनले भने,अहिले मधेशका सबै संस्कृतिकलाई प्रतिनिधित्व हुने गरी मधेश साँस्कृतिक पार्कको लागि पनि सम्भाब्यता अध्ययन गरिएको हो । त्यसको लागि वार्ड नं.४ का वार्ड अध्यक्ष सुरेश यादवले चाँसो देखाएका छन् । उनले हुलासी घोल नजिकैको वृक्षारोपण क्षेत्र र हुलाकी केन्द्रित गरि मधेश साँस्कृतिक पार्क बनाउन सकिने अवस्था देखिएको छ । पाँच विघा जग्गामा वृक्षारोपण छ,नजिकै हुलासी घोल रहेको छ । प्राकृतिक सौन्दर्यताले पनि भरिएको उतm क्षेत्रमा विभिन्न मेला महोत्सव पनि हुने गरेको छ ।

मुस्लिम समुदायको पनि कर्बला रहेको र उतm स्थानमा मोहरम्म मेला लाग्ने,मधेशी समुदायको पनि कृष्ण जन्माष्टमी,नागपञ्चमी,दशहरा लगायतका बेला मेलाहरु आयोजना हुदै आएको छ । यि सबै साँस्कृतिक मेला महोत्सव पनि गर्न मिल्ने र प्राकृतिक सौन्दर्यतालाई पनि संरक्षण र प्रवद्र्धन पनि गर्न सक्ने भएको हुदा मध्यदेशिय परम्परा र संस्कृतिकको संरक्षण समेत हुने हुदा मधेशी साँस्कृतिक पार्कको अध्ययन थालिएको छ । यसका लागि यसै बर्ष केही बजेट विनियोजन गरि प्राविधिक रुपमा विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत गराई कम अगाडी बढाइने अध्यक्ष चौधरीले जानकारी गराए । यसमा स्थानियबासीको भेला गराई सहमित गराएर वार्ड कार्यालयले सिफारिस सहित गाउपालिकामा पठाउनु पर्नेछ । त्यस प्रति गाउपालिकाले बजेट विनियोजन र डिपिआरको प्रकृया अगाडी बढाउने छ ।

भारतिय सिमा नाका महेशपुर देखी पुर्वपश्चिम राजमार्ग जोड्ने भुतहा महेशपुर मार्ग नजिकै रहेको उतm प्रस्तावित पार्क क्षेत्र स्थानियका लागि मात्रै नभई भारतिय पर्यटकलाई पनि आकर्षित गर्नेछ । सडक पुर्वाधार मात्रै विकास होईन्,अध्यक्ष चौधरीले भने,साँस्कृति सम्पदाको संरक्षण,प्रवद्र्धन र विकास पनि उत्तिकै महत्वपुर्ण रहेको छ । आउने पुस्तालाई पनि यि कुरा आवश्यक पर्छ,उनले थपे,सरावल गाउपालिका आफैमा साँस्कृतिक सम्पदाले परिपुर्ण रहेको गाउपालिका हो । प्राकृतिक रुपमा पनि चुरे पर्वत देखी भारतिय सिमा दशगजासम्मको भुगोलले पनि गाउपािलकालाई जोडेको छ । भगवात गौतम बुद्धसँग पनि प्राचिन ककरपत्त नगर,सज्जनेल नगर,कुण्डिय नगर र सायुगा नगर गरि प्राचिन नगर भएको गाउपालिका पनि हो ।
जिल्लामै स्नातक तहसम्म अध्ययन हुने इस्लामिक शिक्षाको अध्ययन गर्ने थलो मधवलिया मदरसा,खुल्ला विश्वविद्यालयको परिक्षा केन्द्र खोलिएको भुजहवाले पनि थारु मधेशी र मुस्लिमको बाहुल्यता रहेको सरावल गाउपालिकाले प्रत्येक समुदायको संँस्कृति झल्किने गरि पार्कहरुको स्थापना गर्ने र त्यसै मार्फत पनि यहाँका संस्कृतिहरुको पनि सुचिकृत गरि संरक्षण गर्ने योजना समेत उनले सुनाए । गाउपालिकाले पर्यटन विकास तथा संस्कृतिक संरक्षण कोषको समेत स्थापना गर्ने लक्ष्य लिएको छ । कानुन नै बनाएर संरक्षण कोष मार्फत साँस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिने छ,उनले भने,आउने दिनमा यस गाँउ पालिकालाई नै सरावल सांस्कृतिक गाउपालिका बनाउने लक्ष्य समेत रहेको छ । यसका पुर्वाधर विकासमा गाउपालिका अहिले देखी नै लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here