परासी, २७ भदौ । गएराती मोटरसाईकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । पुर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका ६ त्रिवेणीको साहुमारा पुलमा बिआर २२ एसी १३९१ नम्बरको भारतीय ग्लामर मोटरसाईकल सो पुलमा ठोक्किएर मोटरसाईक चालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने मोटरसाईकल चालक पश्चिमी नवलपरासीको सुस्ता गाउँपालिका ४ नर्सही बस्ने १९ बर्षिय रोशन तामाङ्ग रहेको प्रहरीले जनाएको छ । मृतक तामाङ्ग तिजको दर खाएर हाल बसोबास रहेको बिनयी त्रिवेणी ६ साहुमारा कोठा फर्किने क्रममा पुलमा ठोक्किएका थिए ।