सुस्ता, २७ जेठ । राष्ट्रिय युवा संघ नेपालमा आवद्दता सामाजिक काममा प्रतिवद्दता “मेरो जिम्मेवारी , आफ्नो गाउँ टोल वनाउने हरियाली” भन्ने नारा का साथ राष्ट्रिय युवा संघ नेपाल नवलपरासी द्दारा हरियाली अभियान चलाउने भएको छ। जिल्ला कमिटीका प्रत्येक सदस्यले १० ओटा बिरुवा लगाउने र हुर्काउने ,पालिका कमिटीका प्रत्येक सदस्यले ५ ओटा बिरुवा लगाउने र हुर्काउने,वडा कमिटीका प्रत्येक सदस्यले २ ओटा बिरुवा लगाउने हुर्काउनेसाथै कमिटी मा नरहेका राष्ट्रिय युवा संघ नेपालमा आवद्द प्रत्यकले १ओटा बिरुवा लगाउने हुर्काउने अभियान पानी पर्न लागेपछि शुरु गर्ने जानकारी सचिव बिनोद पुनले दिएका छन।
आफ्नो घर आगन,विधालय, सार्वजनिक स्थल जहाँ उपयुक्त स्थानमा फलफुलका बोटविरुवा लगाएर हरीयाली वनाउनका साथै केन्द्रले शुरु गरेको चार महिने विशेष अभियान “समाज परिवर्तनको अभियान,नवयुवाको योगदान “भन्ने नाराका साथ शुरु गरेको “Mission Next Election ,Target New Generation” अभियान संगसगै जिल्लाको यो अभियान पनि अघि बढाउने जिल्ला अध्यक्ष ज्ञान प्रसाद पाठक सन्तोषले बताएका छन्।साथै पर्यावरणीय हिसावले नि बोटविरुवा लगाउनु उपयुक्त भएकाले राष्ट्रिय युवा संघ नेपालका युवा साथीहरू मात्र नभई अन्य दलका वा दलमा नभएका सवै युवाहरुको सामाजिक दायित्व भएकाले यस अभियानमा सवैलाई जोडिन आग्रह अध्यक्ष पाठकले गरेका छन्। राष्ट्रिय युवा संघ नेपाल नवलपरासीले विभिन्न सामाजिक काम गर्दै आएको छ।राष्ट्रिय युवासंघ नेपाल को ३४औ स्थापना दिवसको अबसरमा सामाजिक सन्जालको माध्यमबाट लागू औषध दुर्व्यसनी,कुलत लगायत ,विभिन्न सामाजिक समस्याहरुको विरुद्ध १०० दिने सचेतना अभियान चलाउदै आएको छ।