काठमाडौं, २५ जेठ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक यो साता ९०.६१ अंकले बढ्दा १७ अंक घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार १७ अंक घटेको बजार त्यसपछिका दिनहरूमा लगातार वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार पनि परिसूचक ७.२७ अंक बढेर बन्द भएको हो । आज दुई अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार बएको छ । बुधरबार दुई अर्ब ३६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । नेप्से बढे पनि कारोबार रकममा भने कमी आएको छ । बिहीबार नेप्से परिसूचक ०.३८ प्रतिशतले वद्धि भएर १९३९.६१ विन्दुमा बन्द भएको छ । आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज २७३ धितोपत्र ५९ लाख ६२ हजार ९२ कित्ता खरिद–बिक्री भएको छ । आज आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यस कम्पनीको १० करोड २६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
सर्वाधिक सेयर मूल्य वृद्धि हुनेमा डोल्टी पावर कम्पनी रहेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर २८७ रुपैयाँ १० पैसामा कारोबार भएको छ । रिभर फल्स पावरको सेयर मूल्य भने ६.६४ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये चारवटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा व्यापार समूह रहेको छ । यस समूहको परिसूचक ५.५८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, सर्वाधिक परिसूचक घट्नेमा ०.९३ प्रतिशत होटल तथा पर्यटन समूह रहेको छ ।