अवैध रुपमा गण्डक नहरको रुख काटेर बेचनेलाई कार्वाहीको माग

0
311


परासी, २७ भदाै । पाल्हीनन्दन गाउँपालिका वडा नं ६ लंगडीपाकड स्थित गण्डक नहरमा रहेका रुखहरु अबैध रुपमा कटानी भएको छ । भाद्र १९ गते स्थानीय रामसमुझ गिरी, गुलबीदेवी भर, देवी कहांर सहित केही स्थानीयले लंगडीपाकड गाउँको उत्तर तर्फ रहेको पश्चिम गण्डक नहरसंगै रहेको पुसहा नदीदेखि पश्चिम ९५ नम्बर भन्ने पुलसम्म करीब २५ वटा काँचो रुख कटान गरेको जनाईएको छ ।

स्थानीयहरुले जिल्ला बन कार्यालय नवलपरासीमा दिएको निवेदनमा सिसम १८ थानसहित गुल्लर र सफेदा गरी करीब २५ वटा रुख कटान भएको उल्लेख छ ।

रुख कटान भएपछि स्थानीयहरुले जिल्ला बन कार्यालय नवलपरासीमा रुख कटानमा संल्गन ब्यक्तिहरुलाई कारबाही गर्न मांग गर्दै निवेदन दिएका हुन् । स्थानीय ७४ जनाले हस्ताक्षर गरेको उक्त निवेदनमा अबैधानिक रुपमा सामुदायिक सम्पत्ती नास गर्न लाग्ने ब्यक्तिहरुलाई कारबाही गर्न माग गरिएको थानीय रामचन्द्र मालीले जानकारी दिए । कटान गरिएको रुखहरु, उनीहरुको घरमा राखिएको बतार्ईएको छ ।

यता जिल्ला बन कार्यालय नवलपरासीले भने सो गण्डक नहरको रुख कसैलेपनि कार्यालयको अनुमति निलई काटन नपाउने र कटान गर्नेलाई कारबाही गरिने जनाएको छ । सो कामका लागी सेक्टर बन कार्यालय बन्जरीयांलाई पत्र काटिएको वन कार्यालयले जनाएको छ ।

उक्त गण्डक नहरका काँचो रुखहरु ति ब्यक्तिहरुले पटकपटक काट्ेर बेच्ने गरेको सथानीयको भनाई छ । तर जिल्ला वन कार्यालय र सेक्टर बन कार्यालय बन्जरीयांले रुख कटानमा संलग्न ब्यक्तिहरुको छानबीन गरी कारबाही गर्न चाँसो नलिएको स्थानीयको आरोप छ ।

अहिले रुख कटानमा संल्गन ब्यक्तिहरु यसभन्दा पहिले पनि अबैध रुपमा रुख कटान गरी बन कार्यालयबाट मुद्दा खेपेका थिए । अहिले कटान भएका रुखका गोटाहरु लंगडीपाकड गाउँमा तीन स्थानमा राखिएको छ । कटान भएको रुख करीब १ लाख बराबरको रहेको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here