महेसपुर भन्सारको राजस्व ८ करोड २७ लाख

0
174

परासी, १२ जेठ । महेसपुर भन्सार कार्यालय पश्चिम नवलपरासीले ९ महिनामा ८ करोड बढि राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले श्रावण महिनादेखि चैत मसान्तसम्मा कुल ८ करोड, २७ लाख, ३१ हजार ६६४ रुपैया राजस्व संकलन गरेको तथ्यांक दिएको छ । कार्यालयले यसबर्ष ३३ करोड राजस्व संकलन हुने लक्ष्य लिएपनि राजस्व संकलनमा व्यापक हस हुने देखिएको छ । गतबर्षको तुल्मा यसबर्ष यस नाकाबाट मालसमानको निकासी पैठारी कम भएका कारण लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको भन्सार कार्यालयले जनाएको छ । यो महेसपुर भन्सार मुल भन्सारको रुपमा स्तरउन्नती भईसकेपनि अझै थुप्रै पुर्वाधारहरुको विकास हुन बाकी नै देखिन्छ । भन्सारका लागि करिब २ विगाहा जग्गा, बाटोघाटो, भवन, जाँचकी कक्ष, प्लान्ट क्वारेन्टाईन, गोदाम लगायतका पुर्वाधारहरु थप्न बाकी नै छ । भन्सारलाई मुल भन्सारकै रुपमा संचालन गर्न नत्र यहाँका नेताहरुले पहल गरेका छन् नत्र यहाँका व्यपारी संस्थाहरु नै चाँसो देखाएका छन् । भन्सारबाट खाद्यान्न, कोईला, भुस, हार्डवेयर, ईलेक्टिकका सरसामानहरुको बढि पैठारी हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here