केरा किसानलाई भारतीय प्रशिक्षकबाट तालिम प्रदान

0
400

परासी, ११ जेठ । पश्चिम नवलपरासीमा केरा उत्पादन तथा व्यवस्थापन सम्बन्धी तालिम संचालन गरिएको छ । नवलपरासी केरा उत्पादक संघले जिल्लाका केरा किसानहरुलाई दक्ष भारतीय प्रशिक्षकद्धारा बढि केरा उत्पादन र सोको व्यवस्थापनका विषयमा तालिम प्रदान गरेको छ । तालिम संघका अध्यक्ष लख्खु प्रसाद यादवको अध्यक्षता, सुस्ता गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलको प्रमुख आतिथ्यतामा उक्त दुई दिने तालिम आजबाट नर्सहीमा संचालन गरिएको छ । तालिममा तिनदर्जन बढि केरा किसानहरु सहभागी छन् ।

बढि केरा उत्पादनका लागि उचित ज्ञान र विधिको अभावमा रहेका जिल्ला केरा किसानहरु पहिलो पटक भारतको महराष्ट कोल्हापुरका केरा विषका विज्ञ सुधाकर दमानेले तालिममा प्रशिक्षण गरिरहेका छन् । केरा किसानहरुले यस तालिमबाट निकै लाभान्वीत हुने विश्वासले संघका अध्यक्ष लख्खु यादवले भारतको त्यस्तो मशहुर तथा विज्ञ प्रशिक्षकलाई बोलाएर तालिम प्रदान गरिरहेको बताउनु भएको छ । तालिममा सहभागी केरा किसानहरुले यो तालिम निकै उपलब्धीमुलक र उपयोगी रहेको जानकारी दिएका छन् । तालिममा कसरी केरा बढि उत्पादन गर्ने र उत्पादन पश्चात त्यको उचित व्यवस्थापन कसरी गर्ने र बजारीकरणका विषयमा पनि प्रशिक्षकले प्रशिक्ष गर्नु भएको थियो ।
तालिमको उद्दघाटन शत्रमा संघका अध्यक्ष लख्खु यादव, प्रमुख अतिथि सुस्ता गाउँपालका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेल, कृषि ज्ञानकेन्द्रका निमित्त प्रमुख सन्तोष कुमार चौधरी लगायतले यस तालिमबाट सिक्ने ज्ञानलाई व्यवहारमा लागु गर्ने केरा किसानहरुलाई आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here