परासी, ११ जेठ । समाजमा बढदो लागु औषध दुव्र्यसनका घटनाहरु जताततै सुन्न पाईन्छ तर यसको न्युनिकरणका लागि समुदाय स्तरबाट खासै पहल गरिएको देखिदैन । लागु औषध सेवन तथा ओसारपसार जस्तो कुलतमा फसिरहेका युवाहरु आफनो व्यक्तिगत जिवन मात्र नास गरिरहेका छैनन उनीहरु बाउआमा सम्पत्ति र ईज्जत प्रतिष्ठा समेत नास गरिरहेका कयांै ज्वलन्त उदाहरणहरु छन् । यस्तो जटिल कुलतमा फँसिरहेका युवाहरुलाई प्रहरी प्रशास तथा सरकारी संयत्रले मात्र सचेत गराउने तथा रोकथाम गरेर मात्र पुग्दैन यसको रोकथाम तथा न्युनिकरणका लागि समुदाय स्तरबाटै वृहत अभियान चल्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जाड दिएका छन् ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले मानसिक रोग तथा लागूओैषध न्यूनीकरण सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया गर्दै लागु औषधको प्रयोग रोक्न सबै सरोकारवाला र समुदायनै लाग्नुपर्ने निष्कर्ष निक्लेके हो । स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूलाई मानसिक रोग तथा लागूओैषध सम्बन्धी सिपमा विकास र समुदायमा किशोर किशोरी लगायत अन्य जोखिम वर्गमा मानसिक मानसिक रोग तथा लागूओैषध सम्बन्धी शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले लागु औषध दुव्र्यसनी, लागूओैषध अपराध, अपराधमुक्त समाज निर्माणको अग्रसर बनाउने, नागरिक तथा प्रहरीमैत्री वातावरण निर्माण गर्न, लागूओैषध परिचय नेपालमा प्रयोगको अवस्थाबारे जानकारी गराएका थिए । उनको अनुसार नेपालमा एक लाख तेह्र हजार पाँच सय जना दुव्र्यसनी रहेको जसमध्ये ५ सय ४५ प्रतिशत २५ बर्ष मुनिका रहेको र सेवनकर्ता मध्ये ५७ प्रतिशतले सिरिन्ज प्रयोग गर्ने गरेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए । सिरिन्ज प्रयोग गर्ने मध्ये १३ प्रतिशतले साटासाटा गरी गर्ने गरेको र ८३।२ प्रतिशतले दुई वा दुई भन्दा बढी लागूऔषध प्रयोग गर्ने गरेको पाइएको बताए । नेपालमा सबैभन्दा प्रभावित जिल्ला काठमाडौँ, पोखरा, धरान, झापा, विराटनगर, जनकपुर, बिरगंज, रुपन्देही, चितवन ,हेटौडा र बाँके रहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए ।
लागूऔषध प्रयोगकर्ताहरू वार्षिक ११ प्रतिशतले बढ्ने गरेको पाइएको तथ्यांक सार्वजनिक प्रहरी नायब उपरीक्षक पाण्डेयले गरेका थिए । कार्यक्रममा सर्कौली स्वास्थ्य चौकी प्रमुख बलराम सापकोटा, पत्रकार हुसेन अन्सारी, लगायतले आ(आफ्नो धारण राखेका थिए । रामग्रामको स्वास्थ्य संस्थामा कार्यरत अन्य सरोकरवालहरु गरी ४० जनाको सहभागिता रहेको रामग्राम स्वास्थ्य शाखाका सि।अ।हे।ब। अधिकृत अनिल खड्काले जानकारी दिए ।