रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते

0
80

रूकुम, ११ जेठ । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका–८ दुलीमा बिहीवार बिहान जु १ ज १७४७ नम्बरको जीप दुर्घटनामा परेको कर्णाली प्रदेशका प्रहरी प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटका लागि छुटेको जीप दुर्घटनामा सानीभेरी ५ का कर्णे बाठा, देउचन खत्री, बाँफीकोट ८ की रेखा खत्री र उनको सानो छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरीका अनुसार जीपमा १४ जना यात्रु सवार थिए । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टरमार्फत अन्यत्र लैजाने तयारी भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here