बैसिक लाईफ सपोर्ट सम्बन्धी प्रयोगात्मक तालिम

0
236

परासी, १० जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले बैसिक लाईफ सप्पोर्ट सम्बन्धी सरोकारवालाहरुलाई प्रयोगात्मक तालिम प्रदान गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले व्यक्तिहरुको जिवनमा अति उपयोगी रहने यो आधारभुत जिवन सहयोगी शिप स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुलाई प्रदान गरेको हो । यो शिप स्वास्थ्य संस्थामा मात्र नभई तपाई हाम्रो घरछिमेक तथा समुदायमा पनि प्रयोग गरि मान्छेको जिवन बचाउन सक्ने रहेको अधिकांश उदहारणहरु छन् । यो तालिम नगरपालिकाको उप प्रमुख सम्झना चौधरीको अध्यक्षतामा शुरु गरिएको थियो ।

यो तालिम मुटुका नलीहरु बन्द भएर रक्तसंचार हुन नपाएर अपनाउने प्राथ्मिक उपचारका विधिहरुका बारेमा रहेको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज गौतमले जानकारी दिनु भयो । यो तालिम लिएका स्वास्थ्यकर्मी तथा व्यक्तिहरुले हर्टअटेक हुने व्यक्ति वा स्वास नलिमा कुनै बस्तु अडेका व्यक्तिहरुको घटना स्थलमै कसरी प्राथ्मिक उपचार विधिबाट ज्यान बचाउन सक्ने भन्ने विषयमा प्रयोगात्मक शिप विशेयज्ञ चिकित्सकद्धारा सिकाइएको गौतमले जानकारी दिनु भयो ।

प्रयोगात्मक तालिममा मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टर महराजगंज काठमाण्डौ मुटुरोग विशेषज्ञ डाक्टर विश्वास प्रधानले मुटुको स्वास्थ्य अवस्था, मुटुमा हुने समस्या, लक्षण, रोगहरुको बारेमा सैद्धान्तिक ज्ञानका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । डाक्टर प्रधानले ‘‘मानिसलाई कुन अवस्थामा हर्टअटैक हुन सक्छ यसका लक्ष्णहरु के–के हुन सक्छन, यसबाट कसरी जोगाउन सकिन्छ ति विषयमाहरुमा ज्ञान दिदै डमि बडिमा सिपिआर, एईडीको (झटका दिने मेसिन)को प्रयोगात्मक अभ्यास गराउनु भएको थियो ।
डाक्टर प्रधानले हर्टअटैक भईरहेको व्यक्तिलाइ घटना स्थलमै कसरी उपचार गर्ने र थप उपचारका लागि तत्काल अस्पताल लैजाने व्यवस्था प्रति सचेत हुने जानकारी दिनु भयो । उहाँले एईडी, सिपिआर र प्राथ्मिक उपचाकार विधिबाट घटना स्थलमै धेरै व्यक्तिहरुको ज्यान बचाउन सफल भइएको कुरापनि आफनो सम्बोधन जानकारी दिनु भयो । यो तालिम स्वास्थ्यकर्मीले मात्र होईन हरेक बालिग नागरिकले लिन आवश्यक रहेको भन्दै पालिकाले यस तालिमलाई समुदायमा पनि लैजान आवश्यक रहेको सुझाव दिनु भयो ।

तालिममा उप प्रमुख सम्झना चौधरीले यस तालिमलाई समुदाय र विद्यालयमा लैजान आगामी दिनमा थप बजेटको व्यवस्था मिलाउन र एईडी जस्ता महत्वपुर्ण स्वास्थ्य उपकरण हरेक स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य चौकीहरुमा खरिद गरि वितरण गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । हर्टअटैक जुनसुकै व्यक्तिलाई जहाँकहिँपनि हुन सक्छ त्यस व्यक्तिलाई अस्पतालसम्म लैजान एम्बुलेन्स आउदै गरेको समयमा प्राथ्मिक उपचार बैसिक लाईफ सप्पोर्ट विधिबाट गरेर सम्भवतः व्यक्तिको ज्यान जोगाउन सकिने धेरै उदाहरणहरु रहेका छन् ।
तालिममा वडा ११ अध्यक्ष धनिराम यादव, स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज गौतम, सुक्रौली स्वास्थ्य चौकीका ईन्चार्ज सिनियर अहेव अधिकृत बलराम सापकोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए । तालिममा स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी, पत्रकार, सरोकारवाला संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । यो तालिम दुई दिन संचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here