बेलाटारी, ५ जेठ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले एकबर्ष भित्र गरेको कार्यप्रगति विवरण सार्वजनि गरेको छ । गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले शुक्रबार पत्रकार सम्मेलन मार्फत आफनो एकबर्षको कार्यकालमा गरिएका कार्यप्रगति तथा भावी योजनाहरुको बारेमा जानकारी दिएका हुन् । गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकाको समग्र विकास र कार्यप्रगतिको बारेमा जानकारी दिदै आगामी दिनमा लिइएको लक्ष्य र भावी योजनाहरुको बारेमा पनि पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।बेलाटारी स्थित गाउँपालिकाको हलमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, उपाध्यक्ष मानकुमारी चौधरी, वडा ३ का अध्यक्ष ऋषिराम पटेल, वडा ६ का अध्यक्ष केशव अधिकारी, वडा ७ का अध्यक्ष हरेन्द्र यादव, वडा ८ का अध्यक्ष सन्तोष राजभर, वडा ९ का अध्यक्ष जयकिसुन चौधरी र विभिन्न शाखाका शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।
सम्मेलनमा गाउँपालिका अध्यक्ष यादवले, गाउँपालिको गौरवको आयोजना प्रशासनिय भवनको निर्माण कार्य शुरु भईसकेको जानकारी दिदै अर्काे गौरवको योनजा १५ सैयाको अस्पताल पनि तिब्र रुपमा निर्माण भैरहेको जानकारी दिनु भयो । उहाँले २९.२३ किलोमिटर दुरीको चक्रपथको डिपिआर भई निर्माणका लागि टेण्डर प्रकृया अगाडी बढिरहेको जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष यादवले, स्वास्थ्य क्षेत्रमा ३ वटा स्वास्थ्य चौकी निर्माणधिन अवस्थामा रहेको, २ वटा थप एम्बुलेन्स संचालनमा ल्याइएको, ४ वटा बर्थिंग सेन्टर संचालनमा रहेको अस्पतालमा डिजिटल ल्याब, डिजिटल एक्सरे तथा भिडिया एक्सरेको व्यवस्था जस्तो महत्पुर्ण काम गरिएको जानकारी दिनु भयो । त्यस्तै पुर्वाधार विकास तर्फ ६ किमि कालोपत्रे सडक निर्माण, ५ किमि ढल निकास निर्माण, ७ किमि पिसीसी सडक निर्माण, ३ किमि बाटो मर्मत, १२ वटा शौचालय निर्माण, ४१२ वटा कृषि पोल धाँसिएको, २२ वटा मन्दिर मर्मत तथा निर्माण भएको छ भने यसबर्ष २३५ वटा पुर्वाधारको योजना सम्झौता भई ११२ वटा सम्पन्न भएको र १२३ वटा यहि जेष्ठ मसान्तमा सम्पन्न हुने सम्भावना रहेको बताउनु भयो ।
त्यस्तै कृषि तथा पशुपन्छी विकास शाखा, स्वास्थ्य शाखा, शिक्षा शाखा, महिला तथा बालबालिका शाखा, राजस्व शाखा, सामी शाखा, लघुउद्यम विकास शाखा लगायतको शाखाहरुको पनि प्रगति पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको थियो ।
गाउँपालिकाले खरिद गरेको नयाँ गाडी प्रति सामाजिक संजालमा नाकारात्मक आलोचना तथा टिकाटिप्पडी भैरहेको प्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पत्रकार सम्मेलनमा गाउँपालका अध्यक्ष यादवले, भन्नु भयो, ‘‘पुरानो गाडी दुर्घटनामा परेदेखि घरिघरि बिग्री रहने र त्यसको मर्मत खर्च अहिलेसम्म हेर्ने हो भने नयाँ गाडीको मुल्य भन्दा बढि खर्च भईसकेको देखिएको र त्यस गाडीबाट लामो दुरीको यात्रा गर्दा गाडी बिग्री रहने हुँदा भैरहेको बढि मर्मत खर्च कटौती गर्न र विग्रीने झन्झटबाट मुक्ती पाउन पालिकाले आवश्यक नै ठानेर नयाँ गाडी सम्पुर्ण प्रकृया पुरा गरेरै खरिद गरेको हारे” यस गाडी खरिद र साईकल खरिदको विषयमा कुनै किसिमको भ्रष्टचार र अनियमितता नभएको अध्यक्ष यादवले दावी गर्दै चोकचोक तथा सामाजिक संजालहरुमो अनावश्यक टिकाटिप्पडी नगर्न पालिकाबासीहरुमा यसै संचार माध्यमबाट आग्रह गर्नु भयो । यो एकबर्षको विवरण सार्वजनिक गर्ने जिल्लाको ७ वटै पालिका मध्ये प्रतापपुर पहिलो बनेको छ ।