परासीमा हुने सांस्कृतिक मेलामा भोजपुरी कलाकार रितेश पाण्डे र शिल्पीराज आउने : मेलामा कुस्ती र सेल्फीजोन पनि

0
205

परासी, ५ जेष्ठ । जिल्लाको सदरमुकाम परासीमा प्रथम रामग्राम सांस्कृतिक मेला लाग्ने भएको छ । जिल्लाको रामग्राम नगरपालिका वडा २ स्थित हाटबजारमा यहि जेष्ठ महिनाको ९ गतेदेखि २० गतेसम्म चल्नेगरि उक्त रामग्राम सांस्कृतिक मेला शुरु हुने भएको छ । रामग्राम नगरपालिका वडा २ का वडा अध्यक्ष निरज रौनियारको अध्यक्षतमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष रौनियारले यस मेलाको तयारी भैरहेको र यस मेलामा बाल उद्यान, विभिन्न व्यपारिक स्टल, कुस्ती, नेपाली तथा भोजपुरी कलाकारहरुको बेजोड प्रस्तुती रहने जानकारी दिनु भयो ।

अध्यक्ष रौनियारले यस मेलाको लागत ४० लाख बढि हुने र मेलामा ५० हजार दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको जानकारी दिनु भयो ।
यो प्रथम सांस्कृतिक मेलाको आयोजक रामग्राम नगरपालिका वडा २, संरक्षक रामग्राम नगरपालिका र व्यवस्थापकिय जिम्मेवारी जय मातादी एम्युजमेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा.लि बुटवल रहेको छ । यस मेलामा दर्शक रामाउनका लागि दर्जन बढि भोजपुरी कलाकार र नेपाली कलाकारहरुको बेजोड प्रस्तुती हुने छ भने मेलामा बालबालिकाहरुका लागि बाल उद्यान, दर्शकका लागि पिंग, मौतका कुँवा, झुला, कुस्ती लगायत यस मेलाका मुख्य आकर्षक रहने छन् । मेलामा फोटो खिच्नका लागि सेल्फी जोन पनि बनाईने छ ।

यस मेलाको सम्पुर्ण व्यवस्थापकिय जिम्मेवारी जय मातादी एम्युजमेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्टको रहने सो संस्थाका व्यस्थापक राजबिर जयसवाल पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । यस मेलाले यहाँका स्थानिय सांस्कृति पनि झल्किने र दर्शकहरु मेलामा भरपुर रमाउने विश्वास लिइएको रामग्राम नगरपालिका वडा ४ का अध्यक्ष मदन यादवले जिकिर गर्नु भयो । पत्रकार सम्मेलनमा रामग्राम नगरपालिका वडा ६ का अध्यक्ष विद्यासागर त्रिपाठी, वडा ११ का अध्यक्ष धनिराम यादव, वडा १४ का अध्यक्ष ओम प्रकाश यादव लगायतले यो मेला एतिहासिक र निकै रोचक रहने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here