यी प्रदेशमा आज पनि चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना

0
191

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू(भागमा चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here