बाल दिवसको अवसरमा बक्तृत्वकला सम्पन्न 

0
222

सुस्ता, २६ भदौ । सुखी नेपाली समृद्ध नेपाल : बाल अधिकार सबैको सरोकार भन्ने मुल नारा सहित राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित अन्तर माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सोमबार त्रिभुवन मावि बेलाटारीमामा सम्पन्न भएको छ ।

प्रतापपुर गाउँपालिका ( शिक्षा शाखा ) को आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा गाउँपालिका क्षेत्रभित्रका ६ वटा सामुदायिक र ५ वटा संस्थागत मावि तहका गरि ११ विद्यालयको सहभागीता थियोे भने २१ जना विद्यार्थीहरु सहभागि भएका थिए ।

प्रतियोगितामा अादर्श इन्ङलिस बोर्डिङ सेमरी की सृजना तिवारी प्रथम, लिटिल बुद्ध बोर्डिङ गोपीगंजका सौरव भुषाल द्धितिय र बेलाटारी चिल्ड्रेन एकेडेमी कि सृष्टि सिंह तृतिय भएका छन् ।

यस प्रतियोगितामा प्रथम र द्धितिय हुने छात्रछात्राहरु भदौ २९ गते परासी क्याम्पस परासीमा बाल दिवसको अवसरमा हुने प्रतियोगितामा सहभागि हुने छन् ।

त्रिभुवन मावि बेलाटारीका कार्यवाहक प्रअ बामदेव चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा, शिक्षा शाखा र बेलाटारी स्रोत व्यक्ति दधिराम शर्मा , वडा नम्बर २ वडा अध्यक्ष इश्वरी प्रसाद चौधरी , वडा नम्बर का वडा अध्यक्ष हेवेन्द्र कुमार पंजियार (मनोज) , बन्धु प्रसाद बरई , गणेश मावि मा वि का प्रध्यानाध्यापक अभिन्दन सिंह लगायतले बाेलेका थिए । कार्यक्रम सन्चालन चक्र बहादुर कुशवाहाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here