परिवार नियोजनको सेवा थप प्रभावकारी बनाउन आवश्यक : प्रदेशसभा सदस्य बैजनाथ जयसवाल

0
433

परासी, २९ बैशाख । नेपाल परिवार नियाजन संघ रमपुरवाँ स्वास्थ्य क्लिनिकमा नवनिर्मित भौतिक संरचनाको समुदघाट भएको छ । नेपाल परिवार नियोजन संघ नवलपरासीका कार्यवाहक अध्यक्ष अमृत सिंह जिसीको अध्यक्षतामा लुम्बिनी प्रदेश सभा सदस्य एवं कार्यक्रम प्रमुख अतिथि बैजनाथ जयसवालले शिलालेख अनावरण गरि नवनिर्मित भौतिक संरचनाको एक कार्यक्रम बिच उद्दघाटन गरेका हुन् । लुम्बीनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालको पहलमा प्रदेशबाट परेको ७ लाख रुपैयामा उक्त स्वास्थ्य संस्थाको माईनर अपरेशन कक्ष, बाउण्डरीवाल, गेट, शौचालय र बरामदा लगायतका क्षेत्रमा भौतिक निर्माणको कार्य व्यवस्था गरिएको निर्माण समतिका संयोजक एवं संघका युवा संयोजक ईमामुल अलिले जानकारी दिनु भयो ।

स्वास्थ्य क्लिनिकमा निर्मित भौतिक संरचनाको समुदघाट कार्यक्रममा परिवार नियोजन संघमा कार्यरत कर्मचारीहरुको कामको मुल्याकंन गर्दै कदर पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य जयसवालले परिवार नियोजन संघको सेवालाई थप प्रभावकारी बनाउन र अन्य पालिकामा पनि यसका सेवा विस्तार गर्न आवश्यक रहेको जिकर गर्दै यसको थप भौतिक पुर्वाधार विकासका लागि प्रदेश सरकारमा पहल गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

कार्यक्रमका अध्यक्ष एवं संघका कार्यबाहक अध्यक्ष अमृत सिंह जिसीले परिवार नियोजन संघले प्रदान गर्दै आएको सेवा मार्फत जिल्लाका धेरै महिला तथा युवतीहरुले लाभ लिईरहेका जिकिर गर्नु भयो । कार्यक्रमा विशिष्ट अतिथि पाल्हीनन्दन गाउपालिका उपाध्यक्ष फातुमा खातुन (सकिना), वडा १ का अध्यक्ष चुलाई प्रसाद यादव, जिल्ला स्वास्थ्य कार्यालयकि कलपना पौडेल, रमपुरवा साना किसान सहकारीका अध्यक्ष हेमन्त कानु, रम्पुरवाँ स्वास्थ्य चौकीका ईन्चार्ज सुर्यनारायण चौधरी, संघका प्रवन्धक यमनाथ पौडेल, युवा संयोजक ईमामुल अलि लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here