गौरीशंकर जयसवाल- परासी, २९ बैशाख । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले छात्राहरुलाई निशुल्क साईकल वितरण गरेको छ । गाउँपालिका भित्र रहेका स्नातक तह प्रथम वर्ष अध्ययनरत छात्राहरुलाई लाई निशुल्क साईकल वितरण गरेको हो । गाउँपालिकाले कक्षा १२ पास गरेर स्नातक तह प्रथम वर्ष अध्ययन गर्ने छात्राहरुलाई घरबाट क्यापसमा अवातजवात सहज पुगोस र प्रोत्हासन स्वरुप निशुल्क साईकल बितरण गरिएको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष यादवले साईकल बितरण गदै शिक्षा क्षेत्रलाई सबल बनाउनका लागि छात्रा विद्यार्थीहरु लाई साईकल वितरण गरीएको बताए । तराईको दक्षिण क्षेत्रमा अधिकांश परीवारले छोरीलाई १० वा १२ कक्षापछि पढाउन मान्दैन तर गाउँपालिकाले छोरीको पढाईलाई प्रोत्साहन स्वरुप साईकल वितरण गरेको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए । उनले भने पालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा बिशेष प्रथाकिमता साथ काम गरिहेको बताए ।
उनले थपे शिक्षा क्षेत्रलाई सुधार गर्न विभिन्न कानुन् निमार्ण गरेर अगाडि बढेको बताउदै यादवले पालिका भित्र रहेका समुदायिक र संस्थागत विद्यालयहरुको भौतिक संरचना राम्रो बनाउदै सिकाई प्रक्रियामा उचत्तम प्रविधिहरुको प्रयोग गरेर गुणस्तरीय शिक्षा दिने हाम्रो प्रयत्न रहेको यायदवको भनाई थियो ।गाउँपालिकाले आर्थिक बर्ष २०७९ ।८० बार्षिक स्वीकृत कार्यक्रम अनुसार कक्षा १२ पास गरेर स्नातक तह प्रथम वर्ष अध्ययन गर्ने छात्राहरुलाई निशुल्क साइृकल बितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत चिरन्जीबी घिमिरेले जानकारी दिए । उनको अनुसार कक्षा १२ पास गरेर स्नातक तह प्रथम वर्ष अध्ययन गर्ने १२० जना छात्राहरु साईकल बितरण गरिएको बताए । साईकल पाउनको लागि छात्रा विद्यार्थीहरु लाई फर्म भर्नको लागि पालिकाले सूचना जारी गरेको थियो ।
प्रतापपुर गाउँपालिका भित्र रहेका स्थानिय विद्यार्थीहरुले आँफु अध्ययन गरीरहेको विद्यलायको विभिन्न प्रमाण सहित फर्म भर्न अनुरोध गरेको थियो । जस्मा प्रतापपुर गाउँपालिका अन्तर्गतको विद्यालय बाट कक्षा १२ उत्तीर्ण गरेको स्थानिय हुनुपर्ने फर्ममा अनिवार्य रहेको थियो । यता गाउँपालिकाले निशुल्क वितरण गरेपनि क्यम्पसले शुल्क लिएको विद्यार्थीहरुले गुनासो गरेका छन् । गाउँपालिका भित्र रहेको त्रिभुवन क्याम्पस बेलाटारीले साईलकलको फर्म भरेका प्रत्येक विद्यार्थीहरु शुल्क लिएको विद्यार्थीहरुले गुनासो गरेका छन् । भने क्याम्पस प्रमुख मनोजधर द्धुवेदि ले क्याम्सले पालिकालाई कुनै पनि जानकारी नगरी आफनो मनोमानि ढंगले शुल्क उठाएको गाँउपालिका अध्यक्ष उमेश चन्द यादवले बताए । यादवले विद्यार्थीहरु लाई आँफुले दिएको शुल्क क्याम्पस संग फिर्ता लिन भनेका छन् त्यसमा पालिकाले समेत सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।