नेपाल प्रेस युनियन नवलपरासीको अध्यक्षमा उमेश कुमार बि.क चयन

0
37

परासी , २३ बैशाख । नेपाल प्रेस युनियन पश्चिम नवलपरासीको अध्यक्षमा उमेश कुमार बि.क चयन हुनु भएको छ । आज सरावलमा सम्पन्न ११ औं जिल्ला अधिवेशनले अध्यक्षमा बि.क सहित १७ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्ष खुल्लामा सञ्चिव कोइराला र समावेशी उपाध्यक्षमा सद्दाम हुसैन अन्सारी, सचिवमा अनिल यादव, सहसचिवमा युवराज चापागाईं , महिला सहसचिवमा शुशिला पाण्डे, कोषाध्यक्षमा श्याम बुचा मगर र सह काेषाध्यक्षमा नन्दु यादव सर्वसहमत चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा पुजा लम्साल, राज चौधरी, श्याम बन्दन हरिजन, सिकेन्द्र सहानी, सहबान मिया, ज्ञानेश्वर सहानी, रन्जित लाेहार, सञ्जय कुशवाहा र हृदेश गुप्ता रहनु भएको छ ।

प्रेश युनियनकमे जिल्ला अध्यक्ष पुरुषोत्तम सुवेदीको अध्यक्षता तथा संविधान सभा सदस्य एबम् प्रदेश सभा सदस्य देवकरण कलवारको प्रमुख आतिथ्यतामा भएको उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि कलवारले इमान्दारी र निष्ठा पूर्वक पत्रकारिता गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश महासचिव नवीन गिरि , बिक्रम खड्का , प्रेश युनियन प्रदेश सदस्य रवीन्द्र चापागाईं, पूर्व अध्यक्ष अनिल यादव,आर पि उपाध्याय, पत्रकार महासंघ जिल्ला अध्यक्ष हरि शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here