न्यायिक सेवा प्रभावकारी बनाउन पाल्हीनन्दन गाउँपालिका वडा १ मा मेलामिलाप केन्द्र स्थापना

0
429

परासी, २२ चैत । पाल्हीनन्दन गाउँपालिकाको न्यायिक समितिले न्यायिक सेवा मेलमिलापको माध्यमबाट प्रभावकारी बनाउन वडामै मुद्दाहरु मेलमिलापका लागि वडामै मेलमिलाप केन्द्रहरु स्थापना गरिरहेको छ । पालिकाको ६ वटै वडामा मेलमिलाप केन्द्र खोल्ने उद्देश्य अनुरुप बुधबार गाउँपालिकाको न्यायिक शाखाले वडा १ मा एक औपचारिक कार्यक्रम बिच मेलमिलाप केन्द्रको स्थापना गरेको हो ।

वडा १ को मेलमिलाप केन्द्रका संयोजक मुराली मल्लाहको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष एवं न्याययिक समिति संयोजक फातुमा खातुन अंसारी (सकिना)को प्रमुख आतिथ्यतामा उक्त मेलमिलाक केन्द्रको समुद्दघाटन भएको हो । मेलमिलाप केन्द्रको विधिवत रुपमा उद्दघाटन गर्दै गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिकि संयोजक फातुमा खातुनले विन विनको अवधारणा लिई पालिकामा पर्ने मुद्दाहरुको मेलमिलापकै माध्यमबाट फच्र्छाैट गरि कार्यान्वय गरिरहेको जिकिर गर्नु भयो । उहाँले पालिकाको न्यायिक समितिमा पर्ने उजुरीको सुनुवाई गर्दै मुद्दालाई सम्बन्धित वडाको मेलमिलाप केन्द्रमा पठाई मेलमिलाप गराईरहेको र उक्त मेलमिलापमा दुबै पक्षको चित्त बुझने हुँदा कार्यान्वयमा पनि खासै समस्या नदेखिने गरेको जिकिर गर्नु भयो । न्यायिक समिति संयोजक फातुमा खातनुले, न्यायिक समितिले हेर्न पाउने मुद्दाहरु पालिकाबाटै मेलमिलाप गराएर पठाउदा वादी प्रतिवादीको बढि खर्च नहुने र लामो समयसम्म सोही मुद्दामा अल्झि दुख पाउने समस्याहरुको पनि निदान भैरहेकोले दुबै पक्ष यस विनविनको निर्णयलाई स्वागत गर्ने गरे र सामाजिक सदभाव समेत कायम रहीरहेको पाइएको कार्यक्रम सम्बोधनमा बताउनु भयो ।

मेलमिलाप केन्द्र उद्दघाटन कार्यक्रममा गाउँपालिका वडा १ का अध्यक्ष चुलाई प्रसाद यादव, गैर सररकारी संघका जिल्ला अध्यक्ष सपना अधिकारी थापा, सुनवल सामुदायिक विकास केन्द्रका अध्यक्ष जयराम बस्याल, न्यायिक समितिकि सदस्य अनामिका हरिजन, वडाका वडा सदस्य र स्थानिय समाजसेवी तथा मेलमिलापकर्ताहरुको उपस्थिती रहेको थियो । उक्त मेलमिलाप केन्द्र गाउँपालिकाको न्यायिक शाखाको आयोजना र सुनवल सामुदायिक विकास केन्द्र, युनाईटेड मिशन टु नेपालको सहकार्यमा खोलिएको हो । यस्तै गरि चाडै अरु वडामा पनि मेलमिलामिलाप केन्द्र खोली न्यायिक सेवा प्रवाहमा तिब्रता दिने न्यायिक शाखाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here