बैज्ञानिक बन ब्यवस्थापन गर्दै जनउदय सामुदायिक बन उपभोक्ता समुह

0
156

परासी, १७ चैत । विगत बर्ष देखी रोकिएको बैज्ञानिक बन ब्यवस्थापन कार्य जिल्लाको सुनवल ३ किर्तिपुर स्थित जनउदय सामुदायिक बन उपभोतmा समुहले शुरु गरेको छ । डिभिजन बन कार्यालयले स्वीकृति प्रदान गरे पछि सो सामुदायिक बन समुहले बन ब्यवस्थापनका कार्य अगाडी बढाएको हो । सामुदायिक बनले तयार गरेको बैज्ञानिक बन ब्यवस्थापन कार्ययोजना अनुसार डिभिजन बन कार्यालयले फागुन ३० गते स्वीकृति प्रदान गरेको थियो । अनुमति पश्चात कम्पार्टमेन्ट(सि) १,सपकम्पार्टमेन्ट(एस) १ प्लटमा ब्यवस्थापन कार्य अन्तरगत नै रुख कटान गर्ने कार्र्य भई रहेको बन समुहका अध्यक्ष बल बहादुर थापाले जानकारी गराए । उनका अनुसार पुर्वमा तिलकना खोला,पश्चिममा बनदेवी सा.ब.,उत्तरमा चुरे रहेको उतm क्षेत्रमा माँउ रुख बाहेकका अन्य रुख काट्ने कार्य भई रहेको छ । सो क्षेत्रबाट पुर्नउत्पादन कटान गर्ने रुख ९९ वटा रहेको र ढलापडा रुख ७९ वटा रहेको छ ।

ति रुख कटान गर्दा ४ हजार ४ सय ३४ दशमलव ४२ घन फिट काठ र १५ दशमलव ०७ चट्टा दाउरा निस्कने छ । पहिलो क्लास अन्तरगत सो क्षेत्रमा जातिगत रुपमा असना २५ वटा बर्रो ४ वटा,बोटधइरो १,जिँगड ३,कुसुम १,साल ११, गरि जम्मा ४९ वटा रुख कटान हुनेछ भने पुरै बन क्षेत्रबाट ढलापडा अन्तरगत असना ७,जामुन १,साल २३ र सिसौ ६ वटा रुख कटान हुनेछ । दोश्रो क्लास अन्तरगत असना ३,बरो ४,बोधइरी १,महुवा १,कुसुम १,साल १७,सिरिस १ गरि २९ वटा रुख र पुरै बन क्षेत्रको ढलापडा अन्तरगत असना १,साल २७,सिसौ २ गरि ३० वटा रुख काटिने छ । तेश्रो क्लासमा पर्ने साल २,बोटधइरो १,महुवा १,जामुन १,साल १ गरि ९ वटा रुख र ढलापडामा साल ८ र सिसौ ४ वटा रुख काटिने छ । चौथो क्लासमा पर्ने असना १,भलायो १,महुवा १,पारस १,रोइनी ३,कुम्भी १टाटरी १ गरि १२ वटा रुख काटिने छ ।

बन भित्र साल र असनाका माँउ रुख बाहेक अन्य रुखको काटिने छ । पुरै बन क्षेत्रलाई ८० भाग लगाई प्रत्येक बर्ष एउटा प्लटमा मात्र माँउ रुख बाहेकका रुख काट्ने र साना रुख हर्कने गरि चक्रिय प्रणालीमा बन ब्यवस्थापन गर्ने कार्य भई रहेको छ । बर्षाै देखी पुराना रुख भएका कारण गुणस्तरिय काठ निस्कने अवस्था कम देखिएको छ,अध्यक्ष थापाले भने,तर धोध भएका अधिकाँस रुख हटाइए पछि ति क्षेत्रमा रहेका स साना विरुवालाई हुर्कर्ने अवसर प्राप्त हुन्छ । चक्रिय प्रणाली बनाइएको हुदा इउटा प्लटमा रुखको कटान पछि पुनः त्यही प्लटमा रुख कटान गर्ने पालो ८० बर्षमा आउछ,तर ति प्लटमाम नियमित सरसफाई,पतल्याउने कार्य निरन्तर चलिनै रहने छ । यसले गर्दा कार्बन उत्सर्जनको गतिलाई तिब्र बनाउन सकिन्छ ।


बुढो भई सकेको धोध रुखले धेरै कार्बन सोस्दैन,उनले थपे,तर तिनै रुख निकालिए पछि बन पैदावार उपभोतmाले पाउने र साना विरुवाहरुले घामपानी पाउदै हुर्कर्ने कार्य तिब्र हुन्छ,यसले गर्दा ति विरुवाहरु बायुमण्डलका कार्बनडाई अक्साईड सोसेर बढि खाना बनाउनु पर्ने हुन्छ । यो प्रकृयाले तिब्रता पाउदा बायुमण्डलमा रहेका कार्बनडाई अक्साईडको मात्रा घटदै रुख विरुवाले आफ्नो खाना बनाउदा निस्कने अक्सिनजको मात्रा बायुमण्डलमा फाल्छ । यसले वातावरणिय सन्तुलनमा योगदान पुर्याउने छ । यो क्रम बन भित्र निरन्तर भई राखियो भने बनबालीको रुपमा नियमित रुपमा काठ,दाउरा,घाँसपात प्राप्त हुनुका साथै अन्तराष्ट्रिय रुपमा कार्बन ट्रेड सम्झौता अनुसार नेपालले रकम पनि प्राप्त गर्नेछ । राम्रो बन भएको एक हेक्टरमा सरदर ५० हजार मेट्रिक टन कार्बन भण्डार गर्न सक्ने आधार छ,उनले भने, यसरी लाखौ मेट्रिक टन कार्बन बन विकास गरि भण्डारण गराउन सक्ने अवस्था हुन्छ ।

उनका अनुसार २०५४ सालमा जनउदय बन समुह गठन गरि काम गर्दै आएको छ । अहिले सो सामुदायिक बन समुहले २ सय ७७ हेक्टर बनक्षेत्रमा बैज्ञानिक बन ब्यवस्थापन गर्दै आईरहेकोछ । सो बन समुहमा १ हजार २ सय २६ घरधुरीका कुल ७ हजार २ सय जनसंख्या आवद्ध रहेका छन् । बन समुहको बार्षिक बजेट १ करोड ३३ लाख ७४ हजार ५ सय रहेकोछ । बन समुहले बर्षेनी सय भन्दा बढिलाई रोजगारी प्रदान गर्दै आएको अध्यक्ष थापाले जानकारी गराएका थिए । दिगो बन ब्यवस्थापन र बातावरणिय सन्तुलनमा योगदान हुने हुदा बैज्ञानिक बन ब्यवस्थापनका कार्य भई रहेका थिए । केही बर्ष पहिला तत्कालिन बन मन्त्रीले यसमा रोक लगाउदा तिन बर्ष देखी बैज्ञानिक बन ब्यवस्थापन कार्य रोकिएको थियो । अहिले पुनः फरक नामले बैज्ञानिक बन ब्यवस्थापन कार्य शुरु भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here