प्रतापपुरको बेतहानिमा एक युवक सङ श्रोत नखुलेको १० लाख बरामद: उक्त रकम र युवक नियन्त्रणमा लिन खोज्दा प्रहरी र स्थानीय बीच झडप

0
462

सुरेश यादव- परासी, १६ चैत । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–५ बेतहानीमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । प्रहरीले एक जना युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन जाँदा स्थानीयवासीहरुले अवरोध गरेपछि झडप भएको हो ।

प्रहरीले झडप नियन्त्रणका लागि दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्यामप्रसाद यादवले बताउनु भएको छ ।

उहाँका अनुसार युवकसँग भेटिएको १० लाख रुपैयाँ नगदको श्रोत खुलाउन माग गरिएको र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लैजान खोज्दा स्थानीयले अवरोध गरेका हुन् । आफ्नै पैसा बैंकमा जम्मा गर्न हिँडेका युवकलाई प्रहरीले बाटोमा रोकेर नियन्त्रणमा लिन खोजेको स्थानीयवासीको आरोप रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here