गौेरीशंकर जयसावल- परासी १२ चैत्र । जिल्लाको रामग्राम नगरपालिका र सुनवल नगरपालिका जोड्ने बक्सकर्लभट पुल दुईबर्ष बितिसक्दाँ पनि निमार्ण हुन सकेको छैन । रामग्राम नगरपालिका र सुनवल नगरपालिकको बिचमा पर्ने रामखण्डा खोलामा बक्सकलर्भट पुल दुईबर्ष बितिसक्दाँ समेत निमार्ण हुन नसकेको हो ।
ठेकेदार कम्पनीको लापवाहीले गर्दा समयमा रामखण्डा खोलामा बक्सकलर्भट पुल निमार्ण हुन नसकेको स्थानियले बताएका छन । रामग्राम नगरपालिका वडान ६ पोखारापाली र सुनवल नगरपालिका वडान ९ काशीपुर जोड्ने पुल रामखण्डा खोलामा पुल निमार्णधिन अवस्थामा ठेकेदारले छोड्ेर फरारा रहेको छ ।ठेकेदारले समयमा पुल निमार्ण नगर्दा स्थानियबासीहरुलाई सास्ती खेप्नु परेको छ ।
समयमा पुल निमार्ण नगरिदिदाँ त्यस क्षेत्रका स्थानियहरु कष्ठपूर्ण यात्रा गर्न बाध्य भएका छन । पुल बन्न सुरु भएपछि त्यसक्षेत्रका स्थानियबासी हार्षित भएका थिए तर ठेकेदारको लापवाहीले गर्दा समयमा पुल निमार्ण नगरिदिदाँ त्यस क्षेत्रका स्थानियबासीहरुको मुहारमा निरास छाएको छ ।
ठेकेदारले समयमा पुल निमार्ण नगर्दा एक किलोमिटर पुग्ने बाटो चार किलो मिटर घुमेर गन्तव्य पुग्न परेको सुनवल नगरपालिका वडान ९का स्थानियबासी सुदाम चौधरीले गुनासो पुखे । उनले भने ठेकेदारको लापवाहीको कारणले गर्दा हामी स्थानियहरु धेरै सास्ती व्यहोर्ने परेको बताए । ठेकेदारले रामखण्डाको खोला खन्नेर छोड्दा स्थानियबासीको खेत समेत काट्न हुन थालेका चौधरीले बताए । ठेकेदारले पुल निमार्ण काम बिचमा छोडेर अलपत्र पारेर सम्पर्क बिहीन रहेकोले त्यसले गर्दा स्थानिबासीहरुलाई सास्ती खेप्नु परेको चौधरीको भनाई छ । यसरी ठेकेदारले पुल निमार्ण काम बिचमा छोडेर अलपत्र पारेर सम्पर्क बिहीन हुदाँ समेत सम्बन्धी निकाय मौन बसेको चौधरीले गुनासो पोखे् ।
सुनवल नगरपालिका वडा न ९ कै स्थानियबासी भुनेश्वर चौधरीले ठेकेदार समयमा पुल निमार्ण नगर्दा दैनिकी कष्ठपुर यात्रा गर्न कठिन भएको बताए ।उनले भने ठेकेदारले पुल अलपत्र पर्दा परासी जान पनि लामो दुरी भएर जानुपर्ने र एक किलोमिटर पुग्न १५ मिनेट पुग्ने बाटो चार किलो मिटर घुमेर अर्झै आधा घण्टा लगाएर परासी पुग्नु पर्ने अवस्था रहेको बताए ।
ठेकेदार कम्पनीको लापववाहीले गर्दा रामखण्डा खोेलाको बिचमा र वारिपरि खानेर छोडदा वरिपरि रहेको व्यक्तिगत खेतमा काटन समेत भएको र खेतमा लागईएको अन्नबाली गेहुबाली समेत क्षेति पु–याएको चौधरीको भनाई छ ।ठेकेदार कम्पनीले चार वटा पाईलिड मात्र उठाएर ठेकेदार सम्पर्कबिहीन रहेको र यसमा सम्बन्धीत निकायहरु मौन रहेको चौधरीले दैनिक लुम्बिनीसंग गुनासो पोखे ।
उनले भने सुनवल नगरपालिका र रामग्राम नगरपालिकामा हामी स्थानियहरु पटक पटक पुलको बिषयमा डेलिगेशन जादाँ समेत कुनै सुनवाइ नभएको र सम्बन्धीत निकायले कुनै चासोे नलिएको चौधरीको भनाई छ । दुईबर्षसम्म पुल नबनाउदाँ समेत ठेकेदार कम्पनीलाई निकायहरुल ताकेत नगरेको र डेलिगेश जादाँ अब एक दुईहप्तामा काम सूरु हुन्छ भन्दै फकाउदै गरेको चौधरीको भनाई छ । उनले थपे सुनवल नगरपालिका र रामग्राम नगरपालिकाको सिमानामा पर्ने भएको कारणले गर्दा सम्बन्धित निकायहरु बेवास्त गरेको होकी जास्तो लागेको बताए ।
े
रामग्राम नगरपालिकाले १ करोड २३ लाख काल्टेन्सी बाहेको टेन्डरको ठेक्का गरेको जसमा ६७ लाख ४०हजार ठेक्का लिई सम्झौता गरेकोे खड्का इगेस जेभी तथाली ४ भक्तपुरले चार वटा पाइलिड पिलर उठाएर काम अलपत्र पारेर छाडेर सम्पर्कबिहीन रहेको छ । खड्का इगेस जेभी तथाली ४ भक्तपुरले पुल निमार्ण स्थलमा नियम अनुसार आयोजना नाममा बोर्ड लागाउनपर्ने तर ठेकेदारले अटेरी गरेरआयोजनाको बोड पनि नलगाएको छ । रामग्राम नगरपालिकाले २०७७ साल पुस २४मा रामग्राम वडान ६ र सुनवल नगरपालिकाको वडान ९ जोड्ने रामखण्डा खोलामा पुल निमार्ण सम्झौता गरी २०७८ असारभित्र सम्पन्न गर्ने गरी भएपनि हालसम्म पुल निमार्ण हुन सकेको छैन । ठेक्काको म्याद समाप्त दुईबर्षसम्म बितिसक्दा ठेकेदारले पुल निमार्ण गर्न ढिलाई गरेको छ ।
रामग्राम नगरपालिकाका ईन्जिनीयार सतिस कुमार गुप्ताको अनुसार पुलको काम करिब ५० प्रतिशत मात्र पुरा गरेकोे जानकारी दिए । उनको अनुसार अब काम हुन ५० प्रतिशत मात्र बाकी रहेको गुप्ताले बताए ।
रामग्राम नगरपालिका नगरप्रमुख धनपत यादवले ठेकेदार कम्पानीले अब दुई तीन दिनमा पुलको काम सुचारु गरेन भने उक्त ठेकेदार कम्पनीलाई कर्वाही दायरमा ल्याउने बताए ।तर दुई तीन दिनमा पनि पुलको काम सुचारु गरेन भने कर्वाही दायरमा ल्याई ठेकेदार कम्पनीलाई कालो सुचीमा राख्ने नगरप्रमुख यादवले भनाई छ ।