कावासोती, २५ भदौ । पुर्वी नवलपरासीको ईलाका प्रहरी कार्यालय गैडाकोटले १ लाख ३० हजार रुपैया सहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले कौडा खेलीरहेको अवस्थामा ति ८ जनालाई जुवाडेलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले विशेष सुराकीको आधारमा गैडाकोट नगरपालिका वडा नं. ५ स्थित कुमुघाटबाट ति ८ जना जुवाडेलाई कौडा खेलीरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गैडाकोट २ बस्ने ४० बर्षिय नवराज क्षेत्री, तनहु आबुखैरेनी बस्ने ४० बर्षका सुरेन्द्र मगर, गोरखा शहिद लखन गाउँपालिका बस्ने ३० बर्षका डिल्ली प्रसाद पनेरु, चितवन भरतपुर महानगरपालिका ११ बस्ने ४१ बर्षका बोध बहादुर पौडेल, लमजुङ्ग बेशिसहर बस्ने ४१ बर्षका मिलन शिलवाल, चितवन भरतपुर महानगरपालिका बस्ने ३८ बर्षका बुद्ध घले, चितवन राप्ती नगरपालिका बस्ने ७० बर्षका कृष्ण प्रसाद तिमिल्सिना र सर्लाही ईश्वरपुर बस्ने ३७ बर्षका रमेश कार्की रहेको ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख प्रहरी निरिक्षक लोक बहादुर जि.सीले जानकारी दिए ।
प्रहरीले ति जुवाडेको साथबाट १ लाख ३० हजार १ सय २० रुपैया सहित कौडा खेलाउने वोर्ड १ थान, कौडा १६ थान बरामद गरेको प्रहरी निरिक्षक जिसीले बताए । यस क्षेत्रमा अझैपनि ठुलो–ठुलो रकमको कौडाको खेला भैरहेको प्रहरीको शंका छ ।
गैडाकोटमा विभिन्न क्षेत्रका व्यक्तिहरु यसरी कौडा खेलिरहेको पाइएपछि अझै पनि यस क्षेत्रमा ठुलो खेल भैरहेको हो कि भन्ने शंकाको आधारमा प्रहरीले यस घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।