परासी, ७ चैत्र । जिल्लाको सदरमुकाम परासी स्थित निर्माणधिन बसपार्क निर्माण अन्तिम चरणमा पुगेसँगै रामग्राम नगरपालिकाले त्यसलाई सार्वजनिक निजी साझेदारी (पिपिपि)को अवधारणामा सञ्चालन गर्ने योजना बनाउदै छ । बसपार्क निर्माण गरेको शहअरी तथा आवास कार्यालयले बसपार्क छिट्टै सञ्चालनमा आउने जनाए पछि नगरपालिकाले सो बसपार्क पिपिपी अवधारणामा सञ्चालनका लागि गृहकार्य भई रहेको जनाएको हो ।विगत चार बर्ष देखि निर्माणाधिन अवस्थामा रहेको बसपार्क निर्माण कार्य अन्तिम चरणको काम सकिना साथ सञ्चालनमा आउने भएको छ । रामग्राम नगरपालिका वार्ड नं.४ केरवानी स्थित झरहीखोला किनारमा निर्माण भई रहेको बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको हुदा सञ्चालनका लागि नगरपालिकाले गृहकार्य शुरु गरेको प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले जानकारी गराए । यातायात ब्यवसायि वा उद्योग बाणिज्यसँघसँग सहकार्य गरि बसपर्का सञ्चालन गर्नु पर्छ,उनले भने, यहिँ मनस्तिथी अनुसार नगरपालिकाले गृहकार्य थालेको छ ।
यातायात ब्यवसायि समितिसंग छलफल गरेर शुरुमा न्युन शुल्क निर्धारण गरि बसपार्क सञ्चालनमा ल्याउनका लागि पहल भई रहेको उनको भनाई थियो । त्यसको लागि जिल्लामा रहेको मध्य नेपाल यातायात ब्यवसायि समिति,सिद्धार्थ यातायात र पश्चिमाञ्चल यातायातसँग पनि बैठक बस्छौ, उनले थपे, सके यातायात समिति र नभए उद्योग बाणिज्य संघसँग पनि सहकार्य हुन सक्छ । जति सके चाडै बसपार्क शुरु गरेर परासी बजारको ट्रफिक ब्यवस्थापनमा नगरपालिका जुटेको छ । बस तथा यातायातका साधन राख्नका लागि सबै पुर्वाधार बनिसकेको निर्माण कम्पनीका प्रतिनिधि उमेश जैसवाल (गुप्ता)ले जानकारी गराए । बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,उनले भने, एक महिना भित्रै बसपार्कको सबै काम सम्पन्न गरि हस्तानान्तरण गरिने छ । उनका अनुसार सपार्कमा बस राख्ने स्थान,कार्यालय भवन,सौचालय,कम्पाउण्ड,उद्धान,प्रवेशद्धार,शुरक्षा गार्ड कक्ष लगायतका पुर्वाधार बनिसकेको छ । सबै पुर्वाधारहरुको रंगरोदन समेत भई सकेको हुदा केही दिनमै बसपार्कका सबै काम पुरा हुने उनको भनाई थियो । निर्माण कम्पनीले यहिँ महिना भित्र शहरी भवन कार्यालयलाई जिम्मा लगाउने छ ।
बसपार्क सञ्चालनका लागि आवश्यक पुर्वाधार बनिसकेको छ । बसपार्क सञ्चालन गर्ने निकायले आफ्नो तर्फबाट आवश्यक प्रकृया अगाडी बढाएको जानकारी आएको हुदा सके छिट्टै सञ्चालनमा आउन सक्छ,उनले भने,त्यसका लागि नगरपालिका,स्थानिय प्रशासन,यातायात ब्यवसायीहरुले क्रियासिलता देखाउनु पर्छ । बसपार्क नजिकै अब प्रहरी विटको पनि आवश्यकता रहेको छ । शहरी तथा भवन कार्यालय चितवनको लगानीमा विगत चार बर्ष देखी काम भई रहेको थियो । बसपार्क नहुदा सदरमुकामा आउने जाने बस तथा यात्रुबाहक यातायातका सवारीसाधन राख्ने स्थानको समस्या देखिएको थियो । अहिले पनि बसहरु सडक छेउमै उभ्याउने गरिएको छ । यसले बजार क्षेत्रमा दुर्घटना निम्त्याउने गरेको छ । अहिले पनि सडकको एक लैन बस तथा यातायातका साधनले नै ओक्टेर बस्दा सो सडकमा आउ जाउ गर्ने अन्य यात्रीलाई सास्ती हुने गरेको छ । पहिला बसपार्क थिएन् । बस र यातायातका साधन कहाँ राख्ने भन्ने बहना थियो । अब बसपार्क बनिसके सरह भएको छ ।
स्थानिय प्रशासन र ट्रफिक प्रहरीले पनि अब यातायात ब्यवस्थापनमा चाँसो लिनु पर्ने उनले बताए । बसपार्क निर्माण पश्चात निजी क्षेत्र पनि उत्साही भएको उद्योग बाणिज्य संघका पुर्व उपाध्यक्ष राधेश्याम अग्रहरीले बताए । झण्डै पाँच करोड लगानीमा बनेको उतm बसपार्क सञ्चालनमा आएन भने बसपार्क बनेको अर्थ रहदैन् । यसका लागि पहिला यहाँका मध्य नेपाल यातायात ब्यवसायी सस्थाले नै चाँसो देखाउनु पर्ने उनको भनाई थियो । बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको र केही दिनमै सो बसपार्क शहरी भवन कार्यालयको मातहतमा आउने कार्यालयबाट खटिएका साईट प्राविधिक विरेन्द्र मण्डलले जानकारी गराए । कार्यालय मातहतमा आए पश्चात कार्यालयले सम्बन्धित सबै सरोकारवालासँग छलफल गरि सञ्चालनमा ल्याउने प्रकृया अगाडी बढाउने छ । परासीबाट महेशपुर,भैरहवा,त्रिवेणी,काठमाडौ,बुटवल जाने सवारीसाधनहरु छुट्टे गर्छ । बसपार्कबाटै अब ति रुटमा चल्ने सवारीसधानहरु छुट्ने हुदा बजारको चोक चोकमा जम्मा भई रहेका सवारीसाधन त्यहाँ रुक्न पाउदैनन् ।