परासी, ७ चैत । विगत बर्ष देखी सानो पुल भत्किएर सास्तै झेल्दै आएका स्थानियबासीलाई जिल्लाको प्रतापपुर गाउपालिका ८ स्थित चोरनिया खोला पुल बन्ने भए पछि राहत पाउने भएका छन् । लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय यातायात पुर्वाधार निर्देशनालयको सडक पुर्वाधार विकास कार्यालयले सो पुलको निर्माण गराउन थाले पछि स्थानियलाई राहत हुने भएको हो ।
विगत चार बर्ष देखी सानो पुल रहेको उतm खोलाले बाढीमा बगाए पछि अहिले सडक पुर्वाधार विकास कार्यालयले पुल निर्माण गराउने कार्य थालेको सम्बन्धित वार्डका पुर्व वार्ड अध्यक्ष कादिर अलिले बताए । पुल बगाउदा स्थानियलाई बर्षायाममा सास्ती झेल्न परेको थियो,उनले भने,विद्यालय जाने बालबालिकालाई पनि समस्या भइ रहेको थियो । प्रतापपुर—सुस्ता गाउपालिका जोड्ने रेता सडकको मुख्य पुल भासिएर बर्षायाममा सो सडकमा आवत जावत नै अवरुद्ध हुने गरेको थियो । प्रतापपुर गाउपालिका ८ पिपरपाती देखी सुस्ता गाउपालिका ४ नर्सही गोकुल नगर भएर गण्डक बाँधको वि ग्यापमा पुग्ने सडकको मुख्य बाधक पुल बनेको थियो । प्रदेश सरकारसँग निरन्तर पहल गर्दै आएका थियौ,उनले थपे,अहिले प्रदेश सरकारले पुल निर्माण कार्य गराउन थालेको छ । यसले जनतालाई राहत पुग्ने उनको भनाई थियो ।
सडक पुर्वाधार विकास कार्यालय रुपन्देहीले चोरनिया खोला मल्टिसेल वक्स पुलको निर्माण गर्नका लागि पारामाउण्ट कन्ट्रक्सन प्रा.लि. ललितपुरलाई ठेक्का दिइएको छ । पुलको लागत कुल ३ करोड ७१ लाख १२ हजार ५ सय ३० रुपिया भएको सो निर्माण कम्पनीले ठेक्का सकार गरी काम गरिरहेको छ । २०७९ कातिक ३० गते पुल निर्माणको सम्झौता भएको र पुलको निर्माण कार्य सम्पन्न २०८० साल कातिक २९ गते भित्र गर्नु पर्ने सम्झौतामा उल्लेख छ । पुलको निर्माण कार्य बेलामै सम्पन्न हुने आशा गरिएको प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए । बेलामै पुल सम्पन्न गर्नका लागि आवश्यक सहजीकरण गर्न गाउपालिका तयार रहेको र ठेकेदारले बेलामै सम्पन्न गर्नु पर्ने गाउपालिकाले सम्बन्धित निर्माण कम्पनीलाई सहजी करण समेत गर्दै आएको उनले बताएका थिए ।
पुल भौगोलिक रुपमा प्रतापपुर गाउपालिकामा परे पनि त्यस पुलबाट बढी राहत सुस्ता गाउपालिकाका बासिन्दालाई हुने हुदा बेला बेलामा सुस्ताका बासिन्दाले गाउपालिकामा पुलबारे कुरा उठाउदै आएको सुूस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताएका थिए । त्यसका लागि सुूस्ता गाउपालिकाले समेत लुम्बिनी प्रदेश सरकारका प्रदेश साँसद र अधिकारीहरुसँग ताकेता गर्दै आएको थियो । प्रदेश सरकारले चाडै सो पुलको निर्माण गराउने आश्वासन दिदै आएको थियो,उनले भने,अहिले सो पुलको ठेक्का भई काम समेत प्रारम्भ भएकोले एक बर्ष भित्रै सुस्ताका बासिन्दालाई राहत हुने भएको छ । वि ग्याप बाँध देखी,पिपरपाती,अठिलहिया हुदै सरावलको ललितपुरसम्म जोड्ने सडकको पुल रहेको छ । पुल नहुदा हुलाकी मार्ग भएर सबै जानु पर्ने र अहिले हुलाकी सडक निर्माणमा हुने ढिलाईले सो क्षेत्रका हजारौ जनता दोहरो मर्कामा परेका थिए । पुलले स्थानियमा आश जगाएको छ,अधिकृत पौडेलले भने,निकट भविष्यमा बर्षायाममा पनि सो सडक भएर आउ जाउ गर्न सहजता हुने छ ।