बन डढेलो सचेतना सप्ताह कार्यक्रम सम्पन्न

0
268

परासी, ७ चैत । पश्चिम नवलपरासीमा बन डढेलो सचेतना सप्ताह कार्यक्रम सम्पन्न भएको छ । डिभिजन बन कार्यालयको आयोजना तथा मुलपानी सामुदायिक बन उपभोक्ता समुहको संयोजनमा उक्त सचेता सप्ताह कार्यक्रम सम्पन्न भएको हो । मुलपानी सामुदायिक बन उपभोक्ता समुहको अध्यक्ष यज्ञ प्रसाद पाण्डेको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यादवको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बर्षेनी बनमा विभिन्न कारणबाट लाग्ने डढेलो रोकथामका लागि स्थानिय स्तरमा व्यापक सचेतना गराइएको र यसको रोकथामका लागि अपनाउने उचित उपायका बारेमा छलफल गरिएको थियो ।

बनमा लाग्ने डढेलोले बन क्षेत्रका रुख विरुवा, बन्यजन्तु, जडिबुटि, विभिन्न आवश्यक बस्तु तथा तत्वहरु समेत जलेर नष्ट हुने हुँदा बन क्षेत्रको त्यस्तो ठुलो क्षति रोकन यो सचेता कार्यक्रम सप्ताहव्यापी संचालन गरिएको समुहका अध्यक्ष यज्ञ प्रसाद पाण्डेलले जानकारी दिनु भयो । उहाँका अनुसार यो सचेतना कार्यक्रम चैत १ देखि शुरु गरि स्थानिय स्तरमा यस बारे ब्यापक सचेतना गराइएकोले यसबर्ष बन डढेलो हुने सम्भावना निकै कम हुने महसुस गरिएको छ ।

हरियो बन नेपालको धन भन्ने मुल नारा र बनमा आगोलागी हुन नदिउँ, आगलागी भैहाले सबैले मिलेर नियन्त्रण गरांै नाराका साथ संचालित सप्ताहव्यापी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवले बन क्षेत्र र यस भित्र हुने रुख विरुवा र बन्यजन्तुको संरक्षण र सम्बद्र्धन गर्न सबै सरोकारवाला लाग्न आवश्यक रहेको जिकिर गर्नु भयो ।

कार्यक्रममा विशेष अतिथि प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक विनोद सिलवाल, डिभिजन बन कार्यालयका प्रमुख महेन्द्रराज बाग्ले, सहायक बन अधिकृत डिलाराम पौडेल, मुलपानी सामुदायिक बन उपभोक्ता समुहका उपाध्यक्ष प्रभु मौर्य, कोषाध्यक्ष अवधेश यादव लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमा मुलपानी समुदायिक बन उपभोक्ता समितिको प्रगति र डिभिजन बन कार्यालयलको प्रगति तथा प्रभावकारी कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा अतिथिहरुलाई समुहका उपाध्यक्ष प्रभु मौर्यले स्वागत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here