नवलपरासीमा खोरेत रोग उन्मुलनका लागि खाेप अभियान शुरु : खोप लगाउन ७ वटै पालिकामा भैक्सिनेटर तयनाथ

0
288

परासी, ५ चैत्र । पशु चौपायामा लाग्ने खोरेत रोग उन्मुलनका लागि नवलपरासीमा खोप अभियान शुरू गरिएकाे छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र पश्चिम नवलपरासीले खोरेत रोग उन्मुलनका लागि खोप अभियान संचालन गर्दै जिल्लाको ७ वटै पालिकामा खोप सहित ४० जना भेक्सिनेटर खटाउदै छ । केन्द्रले प्राप्त गरेको करिब ४३ हजार खोरेत रोग विरुद्धको खोप (भेक्सिन) अहिले भेक्सिनेटरहरुलाई वितरण गर्दै खटाउने कार्यमा व्यस्त छ । उक्त खोप लगाउनका लागि केन्द्रले जिल्लाभरिबाट छनौट भएका ४० जना भेक्सिनेटरहरुलाई तालिम समेत प्रदान गरेको थियो ।

केन्द्रले सुनवल र रामग्रामका भेक्सिनेटहरुलाई खोप सहित पालिकामा खटाई सकेको छ भने अरु पालिकाका भेक्सिनटेरहरुलाई खटाउने कार्यमा लागेको केन्द्र प्रमुख बरिष्ट मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीले जानकारी दिनु भयो । उहाँले जिल्लामा ९० हजार बढि गाईभंैसीमा उक्त खोप लगाउने केन्द्रको लक्ष्य रहेपनि हाल प्राप्त खोपको अवस्था हेरेर गाईभंैसीलाई प्राथमिकतामा राखी करिब ४३ हजार गाई भंैसीहरुलाई उक्त खोप लगाउने केन्द्रको योजना रहेको केन्द्र प्रमुख चौधरीले जानकारी दिनु भयो । उहाँका अनुसार ‘‘अहिले त्यतिनै खोप प्राप्त भएको छ, पहिलो चरणमा गाई भंैसीलाई मात्र प्राथमिकतामा राखी खोप लगाउआंै पछि थप खोप आए अरु पशुलाई पनि लगाउने योजना रहेको जिकिर गर्नु भयो ।”

‘‘खोरेत रोग विरुद्धको खोप सुनवलबाट गाइभंैसीमा लगाउने कार्यको शुरुआत भैसकेको छ, यो खोप लिएर तपाई कृषकको घरदैलोमा पुग्ने (खोप लगाउने व्यक्ति) भेक्सिनेटरलाई तपाई कृषकहरुले सहयोग गरि आआफनो गाईभंैसी सुरिक्षत गर्न केन्द्रमा कार्यरत नायब प्राविधिक सहायक निर्मला गिरीले आग्रह गर्नु भयो” ।
यस खोरेत रोगको संक्रमणले पशु चौपामा ठुलै क्षति हुने हुँदा उक्त क्षतिबाट बचाउन समयमै यस खोपको सहारा लिन र आफनो गाईभंैसी सुरक्षित गर्न यो खोप लगाउन आवश्यक रहेको केन्द्रका ना.प.स्वा.प्रा विश्वनाटथ भटराईले आग्रह गर्नु भयो ।

के हो त खोरत रोग?
खोरेत रोग भनेको सीमाविहीन रोग हो । खोरेत रोग गाई, भैँसी, बङ्गुर लगायत अन्य खुरफट्टा जनावरहरुमा लाग्ने गर्छ । त्यसै गरी अति छिटो पिकोर्ना जातीको विषाणुबाट सर्ने सरुवा रोग पनि हो । खोरेत रोग लागेको जनावरसंग संपर्क भएमा वा दूषित दाना, पानी र हावाको माध्यमबाट महामारीको रूपमा फैलने गर्दछ । रोगको असर लामो समयसम्म रहन सक्दछ । स्थानीय वयस्क गाई, भैसीहरुमा खोरेत रोग देखा परेतापनि यो रोगको कारण मृत्यु कमै हुने गर्दछ भने बाच्छाबाच्छी, पाडापाडी र बंगुरका पाठापाठीहरु खोरेत रोग लागि अत्यधिक संख्यामा मर्ने गर्दछन । १० देखि १५ प्रतिशत बाछा, बाछी, पाडा पाडीको मृत्यु हुने सम्भावना हुन्छ भने ठुला पशुहरूको मृत्यु हुने सम्भावना १ देखि ५ प्रतिशतसम्म रहेको छ । यसको अर्काे मुख्य असर भने दूध उत्पादन घट्छ ।

यस्ता छन् खोरेत रोगको लक्षण
–सुरुमा पशुले राम्ररी नखाने ।
–मुख तथा गिजामा पानी पोका आउने र पछि फुटेर घाउ बन्ने ।
–राल काढ्न ।
–जिब्रोमा घाउ बन्न ।
–झोक्राउने नउग्राउने ।
–धेरै ज्वरो आउँछ ।
–खुरको कापमा घाउ हुन्छ र पशुले लङ्गडाउँछ ।
–कल्चौँडामा फोका उठ्ने र पछि थुनेलो हुन ।
–दुधालु गाई, भैँसीको दूध उत्पादन घट्ने ।

खोरेत रोग कसरी रोकथाम गर्न सकिन्छ ?
–रोग लागेको पशुको ओसारपसार नगर्ने ।
– रोग वरिपरि रहेका स्वास्थ्य पशुहरुलाई खोप लगाउने ।
–गोठलाई सफा गरि राख्ने र पशुलाई सकेसम्म बंधुवा गरि पाल्ने ।
–रोगी पशुलाई बेग्लै राख्ने र रोगी पशुले दुषित बनाएको दानापानी आदिलाई गाडि दिने ।
–रोगबाट मरेकोलाई पनि गहिरो गरि खाल्डोमा पुर्नु पर्दछ ।
–निरोगी पशुलाई ६र६ महिनामा खोरेत रोगकोे एफ।एम।डी। भ्याक्सीन लगाउनु पर्दछ ।
–रोग फैलिएको शंका लागेमा नजिकको सेवा केन्द्रमा तुरुन्तै खबर गर्नु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here