सुुनवलका मेयर भरत थापाद्धारा गरिब परिवारलाई किरिया खर्चका लागि २५ हजार सहयोग

0
527


परासी, २५ भदौ । सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले एक गरिबलाई घरपरिवारलाई किरिया खर्च बापत व्यक्तिगत २५ हजार रुपैया सहयोग गरेका छन् । सुनवल नगरपालिकाको वार्ड २ नवदुर्गा टोलमा विगत लामो समयदेखि भाडाको कोठामा बस्दै आएको दिपक पौडेलको घर परिवारलाई किरियाबाट उम्कनका लागि नगरपालिकाका मेयर भरत थापाले आवश्यक खर्च रकम २५ हजार रुपैया सहयोग गरेका हुन् ।

दिपक पौडेल र प्रकाश पौडेल बुवा दधिराम पौडेलको केहि दिन अगाडी असामयिक निधन भएपछि पौडेलको आर्थिक अवस्था कमजोर र दयनिय रहेकाले सोमबार विहान युवा समाजसेवी, यज्ञ प्रसाद पौडेल, ज्ञानचन्द्र यावद सहितको टोलीसंग पिडितको घरमा पुगेको मेयर थापाले किरिया खर्च भनेर २५ हजारको चेक दिपक पौडेको भान्जा गंगा पराजुलीलाई हस्तान्त्रण गरेको स्थानिय युवा समाजसेवी यज्ञ प्रसाद पौडेलले जानकारी दिए ।

मेयर थापाले, नगरपालिकाको विभिन्न बैठक एवं कार्यक्रममा पाएको भत्ता रकमबाट पिडित घरपरिवारको सहयोग बावपत किरिया खर्चका लागि २५ हजार रुपैया सहयोग गरेका हुन् । स्थानिय तहको निर्वाचनमा मेयर थापाले, नगरपालिकाको कुनै पनि सुविधान नलिने र पाएको भत्ता रकम सामाजिक कार्यमा खर्चिने प्रतिबद्धता जनाए अनुसार मेयर थापाले प्राप्त गरेको भत्ता सामाजिक कार्यमा खर्चिदै आएको बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here