कृषि क्षेत्रको समस्या सामाधान गर्न पहल गर्नेछुँ : लुम्बिनी प्रदेश कृषिमन्त्री यादव

0
342

परासी, २९ फागुन । लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारी लाला यादवले केरा बजारीकरणको समस्या सामाधान गर्न पहल गर्ने बताएका छन् । पश्चिम नवलपरासीमा उत्पादित केराको बजारीकरणमा देखिएको समस्या सामाधान गर्न प्रदेश तथा संघीय सरकार समक्ष जोडदार पहल गर्ने बताएका हुन् । नवलपरासी केरा उत्पादक संघको छैठांै बार्षिक साधारणसभा सम्बोधन गर्दै मन्त्री यादवले कृषि क्षेत्रमा देखिएको मलखाद, उन्नत जातको बिउबिज, विषादी अभावको समस्यालाई सामाधान गर्दै सहज आपुर्ति हुने व्यवस्था प्रति संघको ध्यानाकर्षण गराउने प्रतिबद्धता जाहेर गर्नु भयो ।

केरा उत्पादक संघका जिल्ला अध्यक्ष लख्खु यादवको अध्यक्षतामा भएको साधारणसभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेको कृषि मन्त्री यादवले, कृषि क्षेत्रमा आधुनिकरण गरि कृषि क्षेत्रको विकासका लागि कृषि मन्त्रालयले ठोस र आवश्यक योजनाहरुलाई प्राथमिकतामा राखी बजेट बिनियोजन गर्ने जानकारी दिदै केरालाई फस्टाउन थप अनुदान र कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जाहेर गर्नु भयो ।

साधारणसभा कार्यक्रममा संघका अध्यक्ष लख्खु यादवले केरा क्षेत्रमा गरिएको काम प्रगति, देखिएका चुनौती र भावी रणनिति तथा कार्ययोजना सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने संघले गत आर्थिक बर्षमा गरेको कुल ११ लाख ९६ हजार २३९ रुपैयाको आयव्यय प्रस्तुत गरेको थियो ।
सभामा अध्यक्ष लख्खु यादवले केरा क्षेत्रमा देखिएको, केरा बिमाको समस्या, समयमा उन्नत जातको विउबिजन मलखाद नपाउने समस्या, केरा सम्बन्धी प्राविधिक अभाव, केराको उचित मुल्य र बजारीकरणको समस्या, केरामा तिनै तहको सरकारे ठोस कार्यक्रम तथा बजेटको अभाव जस्तो मुख्य समस्याहरु कृषि मन्त्री सामु जोडदार रुपमा प्रस्तुत गरेका थिए भने भारतीय केरा आयातमा कडाई समेत गर्न मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

साधारणसभा केरा खेतीमा उत्कृष्ठ कार्य गरेका करिब १ दर्जन कृषक तथा व्यवसायीहरुलाई सम्मान पनि गरिएको थियो । सभामा संघका अध्यक्ष लख्खु यादवले, प्रमुख अतिथि कृषि मन्त्री भण्डारीलाल यादव, पुर्व रक्षाराज्य मन्त्री राभबचन यादव, जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यादव, सुस्ता गाउँपालका उपाध्यक्ष गिता चौधरी, कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोष चौधरी लगायतलाई मायाको चिनो वितरण गरेका थिए ।
सभामा विशेष अतिथि पुर्वरक्षा राज्यमन्त्री रामबचन यादव, जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यादव, सुस्ता गाउँपालका उपाध्याक्ष गिता चौधरी, जसपा प्रदेश अध्यक्ष अशोक यादव, कृषि ज्ञानकेन्द्र निमित्त प्रमुख सन्तोष चौधरी, सुस्ता गाउँपालका वडा ५ का अध्यक्ष प्रभुनाथ यादव, संघका पुर्व अध्यक्ष उत्रिचन्द राजभर लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here