सुनवल नगरपालिकाले मनायो छैठाैं नगर स्थापना दिवस

0
179

परासी, २७ फागुन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले एक कार्यक्रम बिच आफनो छैठौं नगर स्थापना दिवस मनाएको छ । ‘‘सामाजिक सुरक्षा सुशासन न्याय विकास र समानता, समृद्ध नगर सुखी नगरबासी हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ नगर प्रमुख बिमला अर्यालको अध्यक्षतामा पालिकाको नवनिर्मित प्रशासनिक भवनको सभाहलमा एक औपचारिक कार्यक्रम बिच मनाइएको हो । नगर प्रमुख बिमला अर्यालले सो अवसरमा छंैठो नगर स्थापना दिवस लेखिएको केक काटि ब्यानर बाचन गरेर उक्त कार्यक्रको समुद्धघाटन गर्नु भयो । कार्यक्रममा उपस्थित अतिथि र सहभागीहरुलाई नगर उप प्रमुख सुर्य दुबेले स्वागत गर्दै समृद्ध नगर बनाउने हाम्रो उद्देश्य रहेको जिकिर गर्नु भयो ।

नगर स्थापना दिवस कार्यक्रममा नगर प्रमुख बिमला अर्यालले नगरबासीहरुलाई छिटोछरितो प्रभावकारी सेवा दिनेगरि कार्ययोजना बनाई अगाडी बढिरहेको जिकिर गर्दै नगरपालिकाको समग्र विकास र यहाँका जनताहरुलाई सुखी बनाउने सन्दर्भका कार्यक्रमहरु ल्याइएको बताउनु भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले पालिकाको यस स्थापना दिवसको अवसरमा सम्पुर्ण नगरबासीहरुलाई सुभकामना दिदै पालिकाको विकासमा हातेमालो गर्न नगरबासीमा आग्रह गर्नु भयो ।

कार्यक्रममा नगर प्रवक्ता कृष्ण प्रसाद बगाले, नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत, नगर शिक्षा अधिकारी विष्णु प्रसाद गोतामे, महाकवी देवकोटा क्याम्पस अध्यक्ष कृष्ण प्रसाद लामिछाने, निवर्तमान वडा अध्यक्ष कर्ण बहादुर सेन लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम नगरपालिकाको योजना शाखा प्रमुख पुरुषोत्तम ढकालले संचालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here