परासी, २५ भदौ । भारत–नेपाल मैत्री पत्रकार संघका पदाधिकारी एवं सदस्यहरुलाई एक औपचारिक कार्यक्रम बिच सपथ ग्रहण गराइएको छ । भारत–नेपाल मैत्री पत्रकार संघको आयोजना तथा जिल्ला समन्वय समितिको सहयोगमा संघका पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण गराउदै परिचय पत्र तथा प्रमाणपत्र समेत वितरण गरिएको हो ।
संघका अध्यक्ष एवं भारतिय पत्रकार अरुण कुमार बर्माको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा संघका पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण गराई कार्यक्रमका प्रमुख अतिथि एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले प्रमाण पत्र तथा परिचय पत्र प्रदान गरेका थिए । कार्यक्रममा सपथ ग्रहण गर्दै कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुले नेपाल भारतको सम्बन्ध सुमधुर बनाउन र सिमामा भैरहेको अपराधिक एवं चोरी तस्करी जसता क्रियाकलाप नियन्त्रणमा आफनो कलम चलाई दुबै देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
नवगठिन भारत नेपाल मैत्री पत्रकार संघको संरक्षकमा रामप्रीत गुप्ता (भारत), अध्यक्ष अरुण कुमार वर्मा बरिष्ठ उपाध्यक्ष पुरुषोत्तम सुबेदी, महामन्त्री प्रदीप गुप्ता(भारत) महामन्त्री बेचू गौड़ (नेपाल) उपाध्यक्ष अनिल यादव (नेपाल), मन्त्री आशुतोष रौनियार (भारत), संगठन मंत्री जीतेन्द्र गुप्ता (नेपाल), कोषाध्यक्ष नन्दू प्रसाद यादव (नेपाल) प्रचार प्रसार मन्त्री नीरज वर्मा (भारत), सहमन्त्री विशाल रौनियार (भारत) र विभिन्न सदस्य कुल २१ जनाको कार्यसमिति बनाइएको छ । उक्त कार्यसमितिमा १० जना थप सदस्य मनोनित गरि कुल ३१ जनाको कार्यसमिति बनाईने संगठन मन्त्री जितेन्द्र गुप्ताले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि एवं सांसद देवेन्द्रराज कण्डेल, विशिष्ठ अतिथि एवं प्रदेश सांसद बैजनाथ जयसवाल, विशिष्ट अतिथि एवं जिल्ला समन्वय समिति प्रमुख शिव शंकर राय, अतिथि एवं जिल्ला समन्वय समिति उप–प्रमुख अब्दुल रहमान चुरिहार, बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा बस्याल, सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी, रामग्राम नगरपालिका उप–मेयर रम्भा कुँवर, पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्रा कोहार, पृथ्वीचन्द्र अस्प्तालका मेडिकल सुपरिटेण्डेट डाक्टर आनन्त कुमार मिश्रा, नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय, उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।