प्रतापपुर गाउँपालिकाको प्रशासनिक भवन अध्यक्ष उमेशचन्द्र यादवद्धारा सिलन्यास

0
381

परासी २१ फागुन । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले आफनो प्रशासनिक भवनको आईतबार सिलन्यास गरेको छ । झण्डै १५ करोडको लागतमा बन्ने उक्त प्रशासनिक भवनको एक औपचारिक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले सिलन्यास गरेका हुन् । पालिका स्थापना भएदेखि आफनो प्रशासनिक भवनको अभावमा पालका भाडाको कोठामा बसी सेवा प्रदान गर्दै आएको थियो तर यस समस्याको सामाधानका लागि गाउँपालिकाले प्रशासनिक भवन सिलन्यास गर्दै निर्माण कार्य अगाडी बढाएको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनु भयो ।

गाउँपालिकाले करिब ९ कठ्ठा जग्गामा प्रशासनिक भवन निमार्ण गर्न १४ करोड, ६८ लाख, ४९ हजार १९९ रुपैयाको लागत स्टिमेटमा टेण्डर आव्हान गरेको थियो । उक्त लागत स्टिमेट रकममा १२.९६ प्रशित बिलोमा लाटस÷देउती बजै÷डिसी बिल्डर्स जेभी काठमाण्डौले ठेक्का कबोल गरि आजदेखि निर्माण कार्य अगाडी बढाउने गाउँपालिकाको पुर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख ईन्जिनियर आनन्द यादवले जानकारी दिनु भयो ।

उक्त सुविधा सहितको ४ तल्ले प्रशासनिक भवनको निर्माण कार्य दुईबर्षमा सक्नुपर्ने म्याद राखिएको छ
विगत ६ बर्षदेखिको आफनो प्रशासनिक भवन बनाउने पालिकाको सपना अब साकार हुने देखिएको प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवी घिमिरेले बताउनु भयो ।


त्यसैगरि त्रिभुनव नमुना उच्च मावि बाउन्डीवाला २४ सटर सहित जनसहभागिता सहित ३८ लाख लगतमा निमार्ण हुन लागेको ईन्जिनियार यादवले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here