परासी, २४ भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा नवलपरासीमा ६ महिनादेखि २ बर्षमुनिका बालबालिकाहरुको स्वास्थ्य प्रतियोगिता कार्यक्रम गरिएको छ । नेपाल बाल संगठन जिल्ला कार्यसमिति नवलपरासीको आयोजनामा बालबालिकाहरुको स्वास्थ्य एवं पोषण अवस्था पत्ता लगाउनका लागि स्वास्थ्य प्रतियोगिता गरिएको हो ।
स्वास्थ्य प्रतियोगितामा रामग्राम नगरपालिकाका २६ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागि भएका बालबालिकाहरुको पोषण, लम्बाई, उचाई, तौल, खोप र शारिरीक परिक्षण गरि प्रतियोगिता गराइएको थियो ।
प्रतियोगितामा सागर यादवको १४ महिने छोरा शिवसागर यादव प्रथम भएका छन् भने धिरेन्द्र यादवको ८ महिने छोरा सिमरन यादव दित्तिय र दिपेन्द्र गुप्ताको १० महिने छोरी लक्ष्मी गुप्ता तृत्तिय भएको बाल संगठन नवलपरासीका सभापति सन्तोष श्रीवास्तवले बताए । सभापति श्रीवास्तवले भने, प्रतियोगितामा बिजेता बालिबालिकाहरुलाई अगामी भदौ २९ गते राष्ट्रि बाल दिवको दिन पुरस्कृत गरिने बताए ।
प्रतियोगितामा सहभागि बालबिलाहरु शारिक्षिक परिक्षण तथा मापन गर्न जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीहरुको टोली खटिएको थियो । बिजेता बालबालिकाहरुको नतिजा प्रकाशन कार्यक्रम बाल संगठनका अध्यक्ष सन्तोष श्रीवास्तवको अध्यक्षता तथा रामग्राम नगरपालिका ९ का वार्ड अध्यक्ष सुनिल पाठको प्रमुख अतिथ्यतामा भएको थियो ।
कार्यक्रममा सभापती सन्तोष श्रीवास्तव, प्रमुख अतिथि सुनिल पाठक, स्वास्थ्य निरिक्षक रामचन्द्र पौडेल, संगठनका उपाध्यक्ष रामचन्द्र भण्डारी, सचिव बसन्त पराजुली लगायतले मन्तब्य राखेका थिए ।