पाल्हीनन्दन ३ कुश्मामा अजमते मुस्तफा कांफ्रेन्स सम्पन्न : १७ जना छात्रा दिक्षित

0
142

परासी, २१ फागुन । पश्चिम नवलपरासीको पाल्हीनन्दन ३ कुश्मामा अजमते मुस्तफा व जस्ने रेदाये फजिलत व केरत कांफ्रेन्स (जलसा) भव्य रुपमा सम्पन्न भएको छ । गाउँपालिका वडा ३ कुस्मा स्थित ताजुल ओलुम आधारभुत मदरसाद्धारा आयोजित अजमते मुस्तफा कांफ्रेन्समा सोही मदरसाको निस्वामा अध्ययनरत १७ जना छात्रा दिक्षित पनि गरिएका छन् । अरबी तथा उर्दु विषयमा छात्राहरुको उच्च शिक्षा अध्ययनका लागि मदरसाद्धारा निस्वामा अध्ययनरत १७ जना छात्राहरुलाई केरत र फजिलत कोर्ष पढेर सम्पन्न गरेपछि सोहि कांफ्रेन्सको दिक्षान्त समारोहबिच दिक्षित गरिएको हो । उक्त दिक्षान्त समारोहमा दिक्षित भएकि छात्राहरु नेपाल भारतको विभिन्न क्षेत्रहरुका रहेको मदरसा व्यवस्थापन समितिका अध्यक्ष एवं दिक्षान्त तथा कांफ्रेन्स मुल समितिका संयोजक ज्ञासुद्धिन अंसारीले जानकारी दिनु भया । उहाँका अनुसार दिउँसो महिलाका लागि मात्र गरिएको कांफ्रेन्स तथा दिक्षान्त समारोह चलेको थियो भने साँझ पुरुष र महिलाहरु दुबैले सुन्न हेर्न पाउने गरि अजमते मुस्तफा व जस्ने रेदाये फजिलत व केरत कांफ्रेन्स (जलसा) संचालन गरिएको थियो ।

कांफ्रेन्सका प्रमुख वक्ता महराष्टका मौलाना सेराज अहमद जिस्तीले ईस्लामि सन्देश आम गर्न आवश्यक रहेको जिकिर गर्नु भया । जलसा सम्बोधन गर्दै प्रमुख वक्ता चिस्तीले मुस्लिम समुदायहरुको एकजुट भएर ईस्लाम धर्मका संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको भन्दै आफुँहरु ईस्लामी तथा नेपाल राष्टको कानुनलाई पाल्ना गर्दै अगाडी बढन आग्रह गर्नु भयो । जलसामा उहाँले समाजमा देखिएको विकृति तथा विसंगी न्युनिकरणमा मुस्लिम मसुदायका पनि सहयोग अपिहार्य देखिएको र सुसज्जित समाज निर्माणका लागि सामाजिक सदभाव कायम गर्न र सबैको सांस्कृति मुल्यमान्यतालाई सम्मान गर्दै अगाडी बढनु पर्नेमा जोड दिनु भयो ।

कांफ्रेन्समा कर्यपत्र प्रस्तुत गरिएको थियो । कांफ्रेन्समा मौलाना कारी सकिल अखतर, मौलाना कारी निसार अहमद अमरडोभाले शुभकामना मन्तब्य दिएका थिए । भने नात नृत्य मौलाना सन्दल मौलाना समसादले प्रस्तुत गरेको मदरसाका शिक्षक मौलाना मुफती नुरआलम मिस्बाहीले जानकारी दिनु भयो ।
कांफ्रेन्समा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, उपाध्यक्ष फातुमा खातुन अंसारी, पुर्व सांसद हाजी अलाउद्धिन अंसारी, वडा अध्यक्ष गोधन प्रसाद हरिजन लगायत विभिन्न मौलानाहरुले दिक्षित भएकि छात्राहरुलाई बधाई ज्ञापन गर्दै कांफ्रेन्सको शुभकामना प्रदान गरेको मदरसाका शिक्षक मौलाना मुफती नुरआलम मिस्बाहिले जानकारी दिनु भयो । कांफ्रेन्समा उपस्थित सहभागहीहरुलाई मौलाना मुफती नुरआलमले स्वागत गरेका थिए । कांफ्रेन्समा विभिन्न क्षेत्रबाट गरि २ हजार बढि सहभागीहरु उपस्थित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here