बौद्धकालिन रोहिणी नदीको प्राचिनता खोज गराउदै रोहिणी गाउपालिका

0
108


परासी,१८ फागुन । प्राचिन सभ्यता बोकेको रोहिणी नदी क्षेत्रमा बौद्ध सभ्यताको खोजी गर्ने कार्य रुपन्देहीको रोहिणी गाउपालिकाले थालेको छ । बौद्धकालिन प्राचिन शाक्य राजाहरुको कपिलबस्तु राज्य र कोलिय राजाहरुको कोलिय गणराज्यको सिमा निर्धारण गर्ने रोहिणी नदीलाई प्राचिन सभ्यता र संस्कृति अनुसार पुर्नउत्थान गर्ने उदेश्यले रोहिणी गाउपालिकाले उतm कार्य शुरु गराएको हो । रोहिणी नदी क्षेत्रमा बौद्ध सभ्यता र संस्कृति अनुसारको ऐतिहासिक तथा पुरातात्विक पहिचानको खोजका लागि गाउपालिकाले बजेट नै विनियोजन गरि कामको जिम्मेवारी बौद्ध अध्ययेताहरुलाई जिम्मा लगाइएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले जानकारी गराए । बौद्ध साहित्यमा रोहिणी नदीको कुरा उल्लेख भएको पाइन्छ । भगवान बुद्ध बेला बोला यहिँ रोहिणी नदीमा आउने कुराहरु पनि उल्लेख भएको भाईन्छ । रोहिणी नदी प्राचिन गणराज्यको सिमा क्षेत्र पर्ने हुदा यसको महत्व राजनीतिक पनि छ । तर त्यो भन्दा पनि विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको पाँउ परेको स्थान रोहिणी नदी आफैमा एक पवित्रा बोकेको स्थान हो । जहाँ भगवान बुद्ध पुगेर विभिन्न धर्मोपदेश गरेका हुन् । रोहिणी नदीले नै गाउपालिकाको नाम पनि रोहिणी गाउपालिका राखिएको हो,उनले भने,तर रोहिणीको प्राचिन इतिहास र बुद्धसँगको अन्तरसम्बन्धलाई खोज र पहिचान गरि रोहिणी नदी क्षेत्रमा प्राचिन सभ्यता अनुसारको पुनः संरचना निर्माण गर्ने,प्राचिनता र ऐतिहासिकता झल्किने गरि पुर्वाधारहरु तयार गर्नका लागि पनि यसको खोज आवश्यक महशुस गरि गाउपालिकाले काम थालेको छ ।

लुम्बिनी विकास क्षेत्रकै बौद्ध अध्ययेताहरुलाई त्यसको जिम्मेवारी दिइएको छ । थोरै मात्रामा बजेट पनि विनियोजन गरिएको छ । रोहिणी नदी क्षेत्रमा प्राचिनता देखिन खालको स्थानको खोजी हुन्छ । सोही अनुसार त्यसको बौद्ध स्थल घोषणा गरिन्छ । घोषणा पश्चात त्यस क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार गरि काम गरिने प्रमुख प्रशासकिय अधिकृत गौतमको भनाई थियो । रोहिणी प्राचिन सम्पदा हो,यसलाई यहाँका पुर्खाले संरक्षण गर्दै आएका छन् । अहिले त्यसै प्राचिनताको आधारमा गाउपालिकाको नामाकरण हुदा त्यसको संरक्षण,प्रवद्र्धन र विकास गर्ने जिम्मेवारी पनि गाउपालिकाकै हो । वृहद लुम्बिनी र बौद्ध परिपथसँगै जोडेर यसलाई बौद्ध पर्यटनको रुपमा विकास गर्न आवश्यक छ । बौद्ध साहित्यमा उल्लेख भए अनुसार कोलिय र शाक्यहरुको प्राचिन काल देखी अन्तरसम्बन्ध भए पनि रोहिणी नदीको पानी खेतीपातीमा उपयोग हुने गरि कोलिय राज्यका जनता र शाक्य राज्यका जनताले रोहिणी नदीमा बाँध बाधेर त्यसको पानीले सिचाई गर्दै आएका थिए । एक पटक पानी कम पर्दा नदीमा पानी कम भएको थियो । त्यसले गर्दा बाँधबाट पानी कोलिय र शाक्य मध्ये कस्ले पहिला लैजाने भनेर विवाद सृजना भयो । विवाद बढदै जादा सो विवाद कोलिय र शाक्य राज्य विच युद्ध निम्त्याउने अवस्थामा पुर्यो ।

सो कुरा भगवान बुद्धले जानकारी पाए पछि बाँध क्षेत्रमा भिच्छुसँघ सहित आएका थिए । र कोलिय राज्यका जनता र शाक्य राज्यका जनतासँग पानी र रगतको मुल्यमा कस्को मुल्य बढि छ ? भनेर सोधेका थिए । भगवानको प्रश्नमा कोलिय र शाक्य दुबै देशका जनताले पानी भन्दा रगतको मुल्य बढि छ भनेर जवाफ दिएका थिए । त्यसो भए रोहिणी नदीको पानीका लागि रगत बगाउने काम तर्फ किन उन्मुख भएका छौ ? भनेर प्रश्न गरे पछि दुबै देशका जनताले भगवान बुद्धको कुरा प्रति सहमत भए । युद्धको अवस्था पर सरेको थियो । युद्धको अवस्था भगवान बुद्धको एक शब्दले शान्तिमा परिणत भयो । शाक्य र कोलिय राज्यका जनता दुबैले अहंकार र प्रतिसोधको कारण रगत बग्छ । सहकार्य गरियो भने शान्ति बढछ । शान्ति पुर्ण तरिकाले दुबै राज्यका जनताले रोहिणीको पानी पालैपालो उपयोग गरे । भगवान बुद्धलाई कृतज्ञता प्रकट गर्दै अब देखी आपसमा मिलेर बस्ने प्रतिवद्धता जनाएका थिए ।
भगवान बुद्धले अन्य क्षेत्रमा पनि द्धन्द्धको समाधानका उपायमा रोहिणी नदी क्षेत्रमा भएका आपसी समझदारीलाई उदाहरणको प्रस्तुत गर्दै द्धन्द्ध र विवाद समेत मिलाउने गरेका थिए । उनले रोहिणीको बाँध क्षेत्रमा कोलिय र शाँक्य राज्यका बढापाखाहरुले विवाद समाधानका लागि बाँधमा जसरी पराल राख्ने,माटो राख्ने क्रम जोडदै बाँधको निर्माण हुन्छ ।

त्यसै गरि एकले आर्कालाई सहयोग गरि शान्ति स्थापनाको बाँध निर्माण हुन्छ । एक आपसको सदभाव प्रकट गरिएको रोहिणी नदी प्राचिन कालमा उदाहरणिय स्थान हो । सोही स्थानको खोज आज आवश्यक छ ,विश्व शान्तिको मुहान सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी भए पनि ति स्थान बुद्धको जन्म स्थल हो,प्रमुख प्रशासकिय अधिकृत गौतमले भने,तर बास्तविक शान्तिको सन्देश दिएको स्थान रोहिणी नदी किनार हो,जहाँबाट शान्तिको सन्देश विश्व भरिका लागि उदाहरणिय बन्न सक्छ । धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नका लागि रोहिणी किनारको सभ्यता र बाँधको खोज आधुनिक कालमा गर्न आवश्यक छ । खोजले लुम्बिनीमा आउने बौद्ध तिर्थयात्रीलाई शान्ति महशुस गर्ने स्थानको रुपमा रोहिणी नदी क्षेत्रलाई बनाउन सकिन्छ । बौद्ध साहित्यमा अध्ययन गरेर आउने विश्वभरीका बौद्धतिर्थ यात्रीलाई प्रत्यक्ष अनुभुति गराउन र बास्तविक स्थान देखाउने गरि रोहिणी बाँध क्षेत्रको खोजी भई रहेको उनले बताएका थिए । खोजी गरेर घोषणा पश्चात प्राचिनता झल्किने गरि त्यसको विकास तर्फ जाने गाउपालिकाको योजना रहेको रोहिणी गाउपालिकाकी उपाध्यक्ष शिवकान्ति चमारले बताईन् । यसमा सबै सरोकारवालाले सहयोग गर्नका लागि समेत उनले आग्रह गरेकी थिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here