सुस्ताको मदरसाहरुमा (विद्यालय) पनि उच्च शिक्षाका व्यवस्था हुनुपर्ने माग सहित मुस्लिम सम्मेलन

0
218

परासी, १६ फागुन । मुस्लिम समुदायको हकअधिकार सुनिश्चित गराउने उद्देश्यले नवलपरासीमा मुस्लिम सम्मेलन भएको छ । मुस्लिमको अधिकार सुनिश्चित गराउन मुस्लिमहरु एकजुट हुनु पर्ने उद्देश्यले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ रतनगँजमा उक्त सम्मेलन मंगलबार सम्पन्न भएको छ । सम्मेलन ओल्मा काउन्सिल नेपाल सुस्सा गाउँ कार्यसमितिको आयोजना र फैजाने अहलेबैत संस्थाको सह आयोजनामा सम्पन्न भएको हो । सम्मेलन ओल्मा काउन्सिल नेपाल सुस्ता कार्यसमिति अध्यक्ष हाफिज तसउरको अध्यक्षता तथा सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उपाध्यायले गमलामा पानी हालेर सम्मेलन कार्यक्रमको विधिवत रुपमा उद्दघाटन गर्नु भएको हो ।

कार्यक्रम उद्दघाटन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उपाध्यायले अल्पसंख्यक तथा पछिडएर रहेका मुस्लिम समुदायको शिक्षा र स्वास्थ्य, रोजगार जस्तो महत्वपुर्ण क्षेत्रमा अग्रसर बनाउन पालिकाले भरपुर सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । सम्मेलनमा विशिष्ट अतिथि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले यसै पालिकामा मुस्लिम समुदायको महत्वपुर्ण धार्मिक स्थल मदारबाबा सहित विभिन्न ईस्लिामिक धार्मिक स्थलहरुको संरक्षण प्रबद्धर्न गर्दै मुस्लिम सुमदायको शसक्तिकरण र यस क्षेत्रका मदरसाहरुको शैक्षिक गुणस्तर र मदरसाको स्तर उन्नतीमा ध्यायन दिई अगाडी बढन पालिकाले हरेक तवरबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

कार्यक्रममा विशिष्ट अतिटि ओल्मा काउन्सिल नेपालका केन्द्रिय अध्यक्ष मौलाना हाजी सैयद गुलाम हुसैन मिँयाले यस पालिका भित्रका मदरसाहरुको स्तरउन्नती गरि उच्च शिक्षाको व्यस्थापन मिलाउन, सो मदरसाहरुमा मौलाना शिक्षक दरबन्दीका व्यवस्थापन मिलाउन र यहाँका धार्मिक स्थल मुस्लिम समुदायको प्रवद्र्धन गर्न पालिकाले यि कुराहरु प्राथमिकतामा राख्न सुझाव दिनु भयो । तहफुजे हकुके मुस्लिम सम्मेलनमा मदरसाका समस्यालाई समाधान गर्नका लागि तत्कालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाएर काम गर्न समेत अध्यक्ष मिँयाले आग्रह गर्नु भयो ।
कार्यक्रममा अतिथि एवं वडा ५ का वडा अध्यक्ष प्रभु यादव, नेपाली कांग्रेस सुस्ता गाउँकार्यसमिति सभापति रबिन्द्र जयसवाल, जनमतका नेता असरफ अलि चुरिहार, मुस्लिम समाजसेवी सम्साद मिँया, मौलाना सेराज अहमद, मौलाना उमर निजामी, मौलाना जहिरुद्धिन लगायतले शुभकामना मन्तब्य राखेका थिए । सम्मेलनमा मुस्लिम समुदायको बर्तमान अवस्था र अधिकार सुनिश्चितता बारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here