नवलपरासीमा भव्यताका साथा मनाईयो १०५ आै विपि जयन्ती

0
411


परासी, २४ भदौ । देशभरि संगै नवलपरासीमा नेपाली कांग्रेसले १०५ आंै विपि जन्म ज्यन्ति भव्यताका साथ मनाएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आयोजना तथा क्षेत्र नं. ४ को क्षेत्रिय कार्यसमितिको सह–आयोजनामा उद्योग बाणिज्य संघको सभाहलमा भव्य आमसभा गरि १०५ आंै विपि जयन्ति मनाइएको हो । विपि जयन्ति कार्यक्रमको नेपाली कांग्रेसको केन्द्रिय सदस्य एवं पुर्व शिक्षामन्त्री चित्र लेखा यादवले पानसमा दिप प्रज्वलन गरि उद्दघाटन गरेकि हुन् ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेको नेका नेत्री चित्र लेखा यादवले नेपाली कांग्रेसका जन्मदाता विपि कोईरालाको जिवनी सुनाउदै नेपाली कांग्रेसको संगठन चुस्त दुरुस्त बनाउन नेपाली कांग्रेसले निकै कसरत गरेको बताईन् । नेपाली कांग्रेसले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा व्यहोरेको क्षतिलाई आगामी निर्वाचनमा सच्चाएर बलियो संगठनको रुपमा प्रस्तुत हुने बताईन् ।


त्यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले, नेपाली कांग्रेस नेपाली जनताको हक–अधिकारको लागि लडदै आएको बताए । उनले, बाम सरकारको गलत निर्णयलाई सच्चयाउन र सरकारलाई खबरदारी गर्न नेपाली कांग्रेस शसक्त प्रतिपक्षको भुमिकामा उभिने बताए । कार्यक्रममा विपि कोईरालाको फोटोमा माला र अबिर पनि अर्पण गरिएको थियो । कार्यक्रममा जिल्ला भरिबाट करिब १ हजार कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।


नेपाली कांग्रेस नवलपरासीको कार्यवाहक सभापति अर्जुन कुमार पोख्रेलेका अधयक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चित्र लेखता यादव, विशिष्ट अतिथि देवेन्द्र राज कण्डेल, पुर्व सांसद विक्रम खनाल, पुर्व सांसद सन्तु कलवार, प्रदेश सभासदस्य बैजनाथ जयसवाल, नेपाली कांग्रेसका केन्द्रिय नेता अनिल गौड, नेका जिल्ला सह–अध्यक्ष सुबाषचन्द्र गिरी, सचिव विक्रम यादव, सचिव गजानन्द पटेल, सहसचिव शिव शंकर राय, जिल्ला सदस्य पलकधारी गुप्ता, जिल्ला सदस्य कुलदिप आचार्य, जिल्ला सदस्य एवं सुनवल नगरपालिका प्रमुख भिम बहादुर थापा, जिल्ला सदस्य देवराज भण्डारी, युवा नेता उमेशचन्द्र यादव, सुनवल नगरपालिका प्रमुख भिम बहादुर थापा, सरावल गाउँपालिका प्रमुख राधेश्याम चौधरी, प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा, ५ को क्षेत्रिय सभापति दिनेश मणि पटेल, ६ क्षेत्रिय सभापति मुकुल आचार्य, उद्योग बाणिज्य संघ प्रदेश ५ को प्रमुख गुणनिधि तिवारी, रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुँवर, नेका संगठन विभाग प्रमुख राजेन्द्र सहानी, ४ क्षेत्रिय उपसभापति अमिृत सिंह जिसी, महिला संघ सभापति कमला पराजुली, मुस्लिम संघ सभापति करिम खान, तरुणदल सभापति सुक बहादुर गुरुङ्ग, नेपाल पत्रकार महासंघ उपसभापति हरि शर्मा, नेता मोहन शर्मा, लगायतले नेपाली कांग्रेसको संठनलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here