परासी, १० फागुन । नवलपरासी केरा उत्पादक संघले कृषि तथा पशुपंछी विकास मन्त्रालयका कृषि सचिवलाई ज्ञापन पत्र बुझाएको छ । पश्चिम नवलपरासी जिल्लाको केरा जोन क्षेत्र मंगलबार अवलोकन गर्न आएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव डाक्टर गोविन्द प्रसाद शर्मालाई विभिन्न ८ बुँदे माग सहित संघले ज्ञापन पत्र बुझाएको संघका अध्यक्ष लख्खु प्रसाद यादवले जनाकारी दिनु भयो ।

विगतका बर्षदेखि केराको बिमा, केराको बजारीकरण जस्तो मुख्य समस्या झेल्दै आएका केरा किसान तथा केरा खेतीको अवस्था बुझन जिल्ला आएका मन्त्रालयका सचिव शर्मालाई केरा खेती अवलोकन तथा भ्रमण गराउदै केरा किसानहरुले आफनो समस्या समाधानका लागि सचिव शर्माको ध्यानाकर्षण गराउन ज्ञापन पत्र दिएका हुन ।

केरा उत्पादन संघले कृषि सचिव शर्मालाई दिएका ज्ञापन पत्रमा केराको बजारीकरणको व्यवास्था मिलाउने, मलखाद बिउबिजन विषादीमा सहज उपलब्धता गराउने, बिमा निति परिमार्जन गरि लागनु गर्ने, कृषि विकास बंक र कृषि राष्टिय बंैकको शाखा स्थापना गरि केरा खेतीमा कम ब्याजदरमा लगानी हुने वतावरण मिलाउने उल्लेख रहेको छ । त्यस्तै मागमा ल्याबरोटरी सहितको नर्सरी स्थापना गर्ने । केरा व्यवस्थापनका लागि उद्योग स्थापना गर्ने, किसानहरुको सहि पहिचान तथा कृषिको लागि बाली अनुसारको माटो पहिचान गर्ने र कृषि उपजलाई केन्द्रि तथा स्थानि सरकारले खरिद गर्ने व्यवस्था हुनु पर्ने माग सहित संघले ज्ञापन पत्र बुझाएको संघका अध्यक्ष यादवले जानकारी दिनु भयो ।

केरा खेती अवलोक तथा भ्रमणको क्रममा प्रतापपुर गाउँपालका अध्यक्ष उमेशचन्द्र यादव, सुस्ता गाउँपालिका अधयक्ष टेकनारायण उपाध्याय, कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोष चौधरी र स्थानिय केरा किसानहरुको उपस्थिती रहेको थियो । केरा खेतीको अवलोकन गर्दै कृषि मन्त्रालयका कृषि सचिवले यि समस्याहरु सामाधानका लागि आफुँ पहल गर्ने बताउनु भयो । याता पालिकाहरुबाट केरा उत्पादन र बजारीकरणका लागि भरपुर सहयोग हुने पालिका प्रमुखहरुले प्रतिबद्धता जाहेर गरे ।