रामग्राममा प्रथम राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगिता शुरु

0
131

परासी, १० फागुन । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा प्रथम राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता २०७९ शुरु भएको छ । रामग्राम नगरपालिकाको आयोजनामा वडा १५ स्थित जनता माध्यमिक विद्यालय सुक्रौलीको खेल मैदानमा बुधबार एक भव्य समारोह बिच समुदघाटन भई प्रतियोगिता संचालनमा आएको हो । नगरपालिका नगर प्रमुख धनपत यादवको अध्यक्षतामा शुरु भएको राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवको प्रमुख आतिथ्यतामा संचालन भएको हो । प्रतियोगिताको समन्वय प्रमुख यादवले उद्दघाटन गर्दै खेलाडी टिमहरुलाई सलामी पेश गर्दै खेलाडी समुहरुलाई खेलका आचार संहिता पाल्ना गर्न र खेलको नम्समा रही खेल खेल्न भनि खेलाडीहरुलाई समथ ग्रहण समेत गराउनु भयो ।

प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरि कुल २२ वटा विद्यालयका सहभागिता रहेको थियो । २ दिनसम्म संचालन रहने यस प्रतियोगितामा भलिभल, कपर्दि, दौड, उफ्रने र प्mयाक्ने, र्हाइजम्प, लंज जम्प, ट्रिपल जम्प, ज्याल्भिंग थ्रो, सटफुट, मार्सल आर्ट लगायतको खेल खेलाईने छ । खेलमा प्रतियोगिता हुन टिमलाई पुरस्कार, कप, सिल्ड, मेडल र प्रमाण पत्रहरु प्रदान गरिने नगरपालिकाले जनाएका छ ।
प्रतियोगिता उद्दघाटन कार्यक्रममा सभाध्यक्ष नगर प्रमुख धनपत यादव, प्रमुख अतिथि भगौती प्रसाद यादव, नगर उप प्रमुख सम्झना चौधरी, प्रमुख जिल्ला अधिकारी, विश्वप्रकाश अर्याल, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खडका, रामग्राम वडा १५का अध्यक्ष धनपत यादव लगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here