तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेलाकाे समापन

0
112

परासी, ८ फागुन । रामपुरमा गत माघ २७ गतेदेखि चलेको तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला २०७९ काे समापन कार्यक्रम भएको छ । रामपुर उद्योग वाणिज्य संघको अायाेजना तथा रामपुर नगरपालिकाकाे संरक्षणमा मेला अायाेजना गरिएको हाे । संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालकाे अध्यक्षतामा भएको मेलाकाे समापन सत्र कार्यक्रमकाे उद्घाटन संघीय सांसद तथा बरिस्ठ उद्योगि विनाेद चाैधरिले गर्नुभएको हाे । मेला अायाेजनाका सन्दर्भमा अध्यक्ष ढकालले जानकारी दिनुभएको छ । मुख्य पाहुना चाैधरिले याे क्षेत्र उद्योग व्यावसायका लागि धेरै सम्भावना बाेकेकाे छ, नेपालकाे राजनीति युवा केन्द्रीय र विकास केन्द्रीत हुनुपर्ने बताउनुभएको छ ।

राजनीतिलाई विकास र विकासलाई उद्योग र व्यावसाय संग जाेडिनुपर्ने बताउनुभएको छ । रामपुर बृहत् नेपाल संग जाेड्न सक्ने सम्भावना रहेको, नेपालकाे पाैरखलाई विश्वभरि पुर्याउने प्रयास गरेर अाफु सफल भएको उहाले बताउनुभयो । सम्भावनालाई खाेजेर काम गरियाे भने सयाै विनाेद चाैधरि जन्मनेछन्, एकले अर्काेलाई निषेध गरेर गन्तव्यमा पुग्न सकिँदैन बताउदै चाैधरिले विकासले दृष्टिकाेणकाे ढाेका खाेलिनुपर्नेमा जाेड दिनुभएको छ । कार्यक्रमकाे संचालन संघका महासचिव पुर्सोत्तम केसिले गरिरहनुभएकाे छ । कार्यक्रममा विभिन्न उपसमितिका संयाेजक, पाहुनालाई मायाको चिनाे वितरण गरिएको छ । अाज कलाकार पुस्कल शर्मा, माधव भण्डारी, सिर्जना अाले लगायतले रमाइलो सास्कृतिक कार्यक्रम चलिरहेको छ । मेलाको समापन दिन भएकाले अाज पनि दर्शककाे भिड लागेको छ । व्यापारीक स्टलमा सामान किनमेल गर्नेकाे घुईचाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here