महेसपुर, २४ भदौ । नवलपरासीमा चोरी तस्करी निकै बढेको पाइएको छ । घरायसी प्रयोजन भने दिनहुँ लाखांैको मालसमान महेसपुर नाकाबाट अवैधानिक रुपले नेपाल–भारत निकासी पैठारी भैरहेको पाइएको छ । नेपाली खुद्रे व्यपारीहरु भारतीय सिमावर्ति बजार ठुठीबारीबाट १० हजार देखि ५० हजारसम्मको घरायसी सामानहरु खरिद गरि भन्सार छलेर नेपाल भित्राउने गरेको स्थानिय व्यपारीले गुनासो गरेका छन् ।
नारायणघाट, गैडाकोट, कावासोती, सुनवल, बर्दघाट, दाउन्ने जस्ता मुख्य–मुख्य बजारका खुद्रे व्यपारीहरु माईक्रो बसनै रिजर्भ गरेर ठुठीबारी बजार आई लाखांैको मालसान खरिद गरि लैजाने गरेका छन् । उनीहरु आफुँ संग आफनो घरको २÷३ जना सदस्य एवं साथीहरु बोकेर आउछन् जसले गर्दा उनीहरु भारतीय बजारबाट खरिद गरिएको मालसमान २÷३ पटकमा थोरै–थोरै नेपाल भित्राउन सजिलो हुने गरेको छ । घरमा विवाह, ब्रथबन्ध, भोजको बहानामा घरायसी प्रयोजन भनेर एक जना व्यपारीले १० हजार देखि ५० हजार सम्मको मालसमान खरिद राजस्व छली रहेको प्रत्यक्ष देख्न पाईन्छ ।
भारतीय सिमावर्ति बजार, नेपाली उपभोक्ताहरुको पनि बजार रहेकाले प्रहरीले थोरै घरायसी प्रयोजनका सामानहरुमा व्यवहारिकता देखाएर छोडने गर्दछ तर त्यसैको फाईदा उठाउदै व्यपारीहरु दिनहुँ लाखांैको राजस्व छली गरिरहेको स्थानिय व्यपारीहरुले आरोप लगाए ।
गत विहिवार भदाै २१ गते मात्र व्यपारीहरु ना ४ ख ७०८६ र ना ५ ख ९८९२ नम्बरको माईक्रो बस रिजर्भ गरि मालसमानको ढुवानी गरेको पाइएको छ । खास गरि शनिवार र विहिवारको दिन ठुठीबारी बजारमा बढि भिडभाड हुने गरेको छ । शनिवार र विहिवार मात्र व्यपारीहरु विभिन्न बजारबाट ५÷६ वटा बस रिजर्भ गरेर आउने गरेका छन् । व्यपारीहरु बजारबाट दाल, चिनी, किरानाका सामान, कपडा लत्ता, हार्डवेयर, ईलेक्ट्रोन्किसका सामानहरुको खरिद गरि नेपाल भित्राउने गरेका छन् ।
यसरी जिल्लाको मुल नाका महेसपुर भन्सार मालसमान आयात गर्दा शसस्त्र प्रहरी र नेपाल प्रहरीको चेकजाँचमा घरायसी प्रयोजनका लागि हो भनेर राजस्व छलीरहेका छन् । प्रहरीले व्यपारीहरुलाई उपभोक्ता सम्भेर उनीहरु संग थोरै समान देखेर व्यवहारिकता अपनाएर छोडेपनि शनिवार र विहिवार मात्र लाखाै रुपैयाको राजस्व छली भैरहेको पाईन्छ ।
यसरी लाखाै राजस्व छली भैरहदा यस तर्फ नत्र महेसपुर भन्सार कार्यालयको ध्यान पुग्न सकेको छ नत्र चोरी तस्करी नियन्त्रण गर्ने प्रहरीको ध्यान पुग्न सकेको छ । ठाउँ ठाउँमा नेपाल प्रहरी एवं शसस्त्र प्रहरीको चेकिङ्गमा केहि रकम दिएर व्यपारीहरु मिलाउने गरेको चर्चा पनि निकै सुन्न पाइन्छ । दिनहुँ खुलेआम यत्रो व्यपापक चोरी तस्करी प्रति प्रहरी–प्रशासनको ध्यान पुग्न नसकेको स्थानियको भनाई छ । यसरी भारतीय बजारबाट राजस्व छलेर मालसमान नेपाल ल्याएपछि नेपाली बजार खस्किदै गएको छ ।