मुस्लिम हिन्दु समुदायको आस्थाका केन्द्र मदारबाबा मेला सकियो

0
317

परासी, ७ फागुन । मुस्लिम हिन्दु समुदायको आस्थाका केन्द्र मदारबाबा मेलामा सकिएको छ । एक साता संचालित मदारबाबा मेलामा नेपाल भारतबाट हिन्दु मुस्लिम भक्तजनहरुको घुईचो लागेको थिया । पश्चिम नवलपरासीमा माघ २७ गतदेखि शुरु भएको मदारबाबा मेला फागुन ५ गते सकिएको हो । उक्त मेलामा आन्तरिक तथा बाह्य गरि लाखाैं श्रद्धालु भक्तजनहरुले मेला अवलोकन गरेको मदारबाबा मेला व्यवस्थापन समितिले जनाएको छ । बर्षेनी लाग्ने यस मदारबाबा मेलामा विगतका बर्षको तुल्नामा यसबर्ष भक्तजनहरुको आगमन बढि रहेको देखियो ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा २ महलबारी आधार सिबिर रहेको मदारबाबा स्थान मुस्लिम समुदायको एक धार्मिक तिर्थ स्थल हो । ईस्लाम धर्मका प्रचारक मदारबाबाको पुरा नाम हजरत बदिउद्दिन शाह रहमतुल्लाह अलैह् कुतुबुल मदार शाह हो । साउदी अरब घरभएका मदारबाबा सिरिया देशको हबल सहरमा जन्मेका थिए । पाँच सय वर्ष, ९६ महिना र ६ दिनसम्म जिवित रहेका मदारबाबा त्यतीबेला सिरियापछि भारतको गुजरात र मकनपुर सहरमा बस्दै आएका थिए । भारतमा बस्ने क्रममा मदारबाबा भारतको विभिन्न ठाउँमा तपस्या गर्दै नेपालको यस महलबारी गाउँबाट माथिक ९ किलोमिटर पहाड चढि मदारीया डाँडामा बाबाले ४० दिनसम्म तपस्या गरेपछि त्यो ठाउँ मदारबाबा स्थानको महत्व पाएको हो ।


बाबाले तपस्या गरेको विभिन्न ठाउँ भन्दा यस मदार स्थानको बढि महत्व रहने त्यतिबेला आफ्ना चेलाहरुलाई सुनाएपछि प्रत्येक वर्ष मदारबाबाको सम्झनामा उक्त डाँडामा बर्षेनी मेला लाग्ने गरेको छ । तल आधार शिबिरबाट माथि ९ किलोमिटर मदारिया डाँडामा रहेको मदारबाबा स्थान पुग्न ४ देखि ५ घण्टासम्म लाग्ने गर्दछ । तल महलबारीमा आधार शिबिर र माथि पहाडमा बाबाको स्थान रहेको ठाउँमा विभिन्न समस्याले ग्रसि भक्तजनहरु जस्तै भुतप्रेत, बच्चा नहुने, रोजगारी नपाउने, विभिन्न रोगका रोगीहरु भाकल गर्न र मनोकामना लिएर आउने गर्दछन र तिनका दुख हरन र समस्या सामाधान हुने मदारबाबाका मठाधिश बाबा अमिरुल्लाह अंसारीले बताउनु भयो ।

यस्तो धार्मिक महत्व बोको मदारबाबा मेलामा आउने श्रद्धालु भक्तजनहरुका लागि व्यस्थित धर्मशाला, शौचालय, खानेपानी, पहाड चढन सिढि, प्राथमिक उपचार लगायतको सुविधाहरु छैनन । मदारबाबा मेलामा मनोकामना तथा भाकल मान्न र मनोकामना पुरा भएकाले चादर चढाउन नेपालको काठमाडौं, पोखरा, रुपन्देही, पाल्पा, चितवन, नवलपरासी पुर्व, कपिलवस्तु जिल्ला र भारतको उत्तरप्रदेश, बिहार, दिल्ली, मुंबई, बंगाल जस्तो मुख्य शहरबाट यसबर्ष करिब ७ लाख श्रद्धालु भक्तजनहरु आएको आयोजनले जनाएको छ । यो मेला मुस्लिम समुदायको भएपनि यसलाई हिन्दु र मुस्लिमको आस्थाको केन्द्र मानिने गरिन्छ । त्रिवेणी धाम करिडोरमा पर्ने मदार बाबा, बामिकी आश्रम, गजेन्द्र मोक्षधाम, रुपियौलिया चुहाडी पार्कलाई एउटा पर्यटकिय करिडोरको रुपमा विकास गर्न सके यसको मुहार नै सकिन्छ यस्तो स्थानियहरुको भनाई छ । यस क्षेत्रमा राष्ट्रि स्तरमा परिचित सुस्ता भुमी, त्रिवेणी धाम, गजेन्द्र मोक्षधाम, मदारबाबा स्थान, चुहाडी पार्क, गण्डक ब्यारेज लगायतका ऐतिहासिक, धार्मिक र पर्यटकयि क्षेत्रहरु पर्ने गर्दछन् तर यसको विकास विस्तार प्रति सरकार मौन रहेको स्थानियको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here