वडा अध्यक्ष महेन्द्र ठाकुरद्धारा आफनो जन्मदिनमा साधुसन्तलाई कम्बल वितरण

0
386

परासी, ७ फागुन । रामग्राम नगरपालिका वडा ८ का वडा अध्यक्ष महेन्द्र ठाकुरले आफनो जन्मदिनको अवसरमा विभिन्न मठमन्दिरका दुई दर्जन बढि साधुसन्तलाई कम्बल वितरण गरेका छन् । वडा अध्यक्ष ठाकुर हिजो शनिवार आफनो जन्मदिनको शुभ अवसरमा अहिले हल्का जाडोको बेला राहत होसभनि ति महिला पुरुष सन्तसाधुहरुलाई एउटा एउटा कम्बल वितरण गरि आफनै निवासजमा भोजन समेत दान गर्नु भएको हो ।

सामाजिक क्षेत्रमा निकै सक्रिय भई समाजसेवी समेत गर्दै आएको वडा अध्यक्ष ठाकुरले हिजो शनिवार शिवरात्रिको दिनमा आफनो परेको जन्मदिन पनि एक अनौपचारिक समारोहमा मनाउदै पालिकाको विभिन्न मठमन्दिरबाट दुईदर्जन बढि साधुसन्तहरुलाई बोलाई उक्त सामाजिक कार्य गरि खाना खुवाई भोजन दान समेत गरेको देखेर स्थानिय चर्चाको विषय बनेको छ ।

वडा अध्यक्ष महेन्द्र ठाकुर यहाँ भन्दा अगाडी थुप्रै साधुसन्त तथा स्थानिय जेष्ठ नागरिकहरुलाई विभिन्न तिर्थधाममा पनि पठाउने गरेका छन् भने आफनो निवासमा जो कोई समस्या लिएर आउने व्यक्तिको सक्दो सहयोग गरि समस्या सामाधान समेत गर्दै आएका छन् । वडा अध्यक्ष जनप्रतिनिधि संगै एक सामाजिक व्यक्तिको रुपमा पनि स्थापित छन् । उनी समाजसेवीमा निकै रुची राख्ने हुँदा सामाजिक कार्यमा अग्रसर भई लाग्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here