सरावल गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

0
254

परासी, १ फागुन । नवलपरासीको सरावल गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घघाटन समारोह सम्पन्न ” शिक्षा नै जीवन हो ,जीवन नै शिक्षा हो।भन्ने भनाईलाई पूरा गर्न शिक्षामा सुधार गर्नुपर्ने अावश्यकता रहेको छ । देशकै विभिन्न ठाउँमा शैक्षिक सुधार गर्ने जिम्मा अब स्थानीय तहलाई भएको छ ।नवलपरासीको शिक्षा दिनप्रतिदिन सुध्रदै गएको पनि अझ सुध्रानु पर्ने अावश्यकता रहेको छ ।स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ नवलपरासीको सरावल गाउँपालिकामा पालिका स्तरीय अन्तर विधालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता -२०७९ को उद्घघाटन समारोह सम्पन्न भएको छ।

अादर्श माध्यमिक विधालय खोखरापुराको व्यवस्थापन समिति अध्यक्ष जगदीश प्रसाद चौधरीको अध्यक्ष्ातामा भएको उद्घघाटन समारोहका प्रमुख अतिथि सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी रहनु भएको थियो ।विशिष्ट अतिथिमा सरावल गाउँपालिकाकि उपाध्यक्ष बासमति हरिजन रहेकि थिईन। यता स्वास्थ्य को लागि खेल कुद राष्ट्र को लागि खेल कुद, विकास को लागि परिवर्तन आवश्यक छ ,परिवर्तनको आधार शिला शिक्षा हो , त्यस कारण खेल कुद विकास को साथै गुणस्तरीय शिक्षा मा जोड दिनु पर्ने सरावल का अध्यक्ष कार्यक्रममा बताउनुभयो । अतिथिहरुमा सरावल गाउँपालिका वडा नम्बर -१ का वडाध्यक्ष विष्णु प्रसाद भट्टराई , वडा नम्बर -२ का कार्यवाहक वडाध्यक्ष तुफानीलाल गुप्ता ,वडा नम्बर -३ का वडाध्यक्ष फिरंगी चौधरी ,वडा नम्बर -६ का वडाध्यक्ष छोटेलाल गुप्ता ,शिक्षा शाखा प्रमुख तुलसी अधिकारी समाजसेवी ,बुद्धिजीवी ,पत्रकार लगायतको विशेष उपस्थिति रहेको थियो। अादर्श माध्यमिक विधालयको खोखरापुराको अायोजनमा फागुन १ गतेदेखि सुरु भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन ३ गते सम्म चल्ने भएको छ ।

नवलपरासीमा छुट्टै पहिचान बनाउँदै गएको अादर्श माध्यमिक विधालयले विभिन्न कार्यक्रमहरु गर्दै अाएका छन्।स्वागत मन्तव्य विधालयका प्रधानाध्यापक देवनारायण चौधरीले राख्नु भएको थियो।विधालयमा पालिका स्तरीय कार्यक्रमले सरावल गाउँपालिकाको महत्त्व मात्र नभई पहिचान जोगाउन मद्दत पुग्ने सरावल गाउँपालिकाका अध्यक्ष एवम् प्रमुख अतिथि सुखाडी प्रसाद चौधरीले बताउनुभयो।खेलकुदले तन्दुरुस्ती बनाएपनि शिक्षा लिनुपर्ने अति अावश्यक रहेको सरावल गाउँपालिकाले योजना बनाएर ,शिक्षा ,स्वास्थ ,कृषि तथा खेलकुदमा काम गर्न थालेको अध्यक्ष एवम् प्रमुख अतिथि चौधरीले उक्त अवसरमा बताउनुभयो। नवलपरासीको पहिचान बचाउनको निमित्त सरावल गाउँपालिकाद्वारा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अायोजना गरिएको विधालयका प्रधानाध्यापक एवम् प्रतियोगिता अायोजक समितिका संयोजक देवनारायण चौधरीले बताउनुभयो।अादर्श माध्यमिक विधालयको साथसाथै पालिकाको अधिकाँश विधालयमा खेलप्रति रुचि जगाउन यस्तो कार्यक्रमको अायोजना गरिएको संयोजक चौधरीले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here